आचारसंहिताको निष्पक्ष अनुगमन गर्न सहायक प्रजिअलाई निर्देशन « Khabarhub

आचारसंहिताको निष्पक्ष अनुगमन गर्न सहायक प्रजिअलाई निर्देशन


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी निष्पक्ष र निर्भीक रूपमा प्रभावकारी ढङ्गले निर्वाह गर्न परिपत्र जारी गरेको छ ।

मन्त्रालयले निर्वाचन अवधिमा हुनसक्ने आचारसंहिता उल्लङ्घनका घटना रोक्न आवश्यक कदम चाल्न र त्यससम्बन्धी विवरण नियमित रूपमा मन्त्रालयमा पेश गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ को जिल्लास्तरमा प्रभावकारी अनुगमन र कार्यान्वयन सुनिश्चित गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो ।

यस्तै, मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न सचिवको संयोजकत्वमा केन्द्रीय कमाण्ड पोस्ट समेत गठन गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  १ : ४८ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली