‘दुरसञ्चार सेवा व्यवसाय मात्रै हैन, मानवीय जीवनको आधारभूत तत्त्व हो’ « Khabarhub

‘दुरसञ्चार सेवा व्यवसाय मात्रै हैन, मानवीय जीवनको आधारभूत तत्त्व हो’


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रदानमा ध्यान केन्द्रित गर्न नेपाल टेलिकमलाई सुझाव दिएका छन् । 

नेपाल टेलिकम नेपाल दूरसञ्चार कम्पनी लिमिटेड को २२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएकोले यसमा आफ्नो ध्यान केन्द्रित गर्न सुझाव दिएका हुन् । 

दुरसञ्चार सेवा व्यवसाय मात्रै नभई मानवीय जीवनको आधारभूत तत्त्व र शैक्षिक, सामाजिक एवं आर्थिक विकासको पूर्वाधार भएको उनको भनाइ छ । 

उनले नेपाल टेलिकमले प्रतिस्पर्धी बजारमा आफ्नो सार्वजनिक दायित्व, सेवा गुणस्तरीय, गुणस्तर र प्राविधिक नवप्रवर्तनलाई समुन्नतमा राख्दै, सन्तुलनमा राख्दै ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा लिने विश्वास व्यक्त गरे । 

उपलब्ध स्रोतको कुशल व्यवस्थापन एवं परिचालन गरी प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने तर्फ आफूलाई अगाडि बढाउन उनले आग्रह गरे । 

नेपाल टेलिकमले वार्षिकोत्सव मनाइँदा कर्मचारीहरूले भने विरोध प्रदर्शन गरेका थिए । आफूहरू अन्यायमा परेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्, प्रदर्शनमा सहभागीहरूले वृत्ति विकासको चाहना, आम कर्मचारीको भावना, विशेष बढुवा पुनर्स्थापित गरियोस्, नियमानुसार प्राप्त हुने सुविधा यथाशीघ्र उपलब्ध गराइयोस् लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  २ : ४७ बजे

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान

वीरगञ्ज चिनी कारखाना पुन : सञ्चालनमा ल्याउन सरकारले बनायो अध्ययन कार्यदल

काठमाडौं– वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि