‘दुरसञ्चार सेवा व्यवसाय मात्रै हैन, मानवीय जीवनको आधारभूत तत्त्व हो’ « Khabarhub

‘दुरसञ्चार सेवा व्यवसाय मात्रै हैन, मानवीय जीवनको आधारभूत तत्त्व हो’


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रदानमा ध्यान केन्द्रित गर्न नेपाल टेलिकमलाई सुझाव दिएका छन् । 

नेपाल टेलिकम नेपाल दूरसञ्चार कम्पनी लिमिटेड को २२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएकोले यसमा आफ्नो ध्यान केन्द्रित गर्न सुझाव दिएका हुन् । 

दुरसञ्चार सेवा व्यवसाय मात्रै नभई मानवीय जीवनको आधारभूत तत्त्व र शैक्षिक, सामाजिक एवं आर्थिक विकासको पूर्वाधार भएको उनको भनाइ छ । 

उनले नेपाल टेलिकमले प्रतिस्पर्धी बजारमा आफ्नो सार्वजनिक दायित्व, सेवा गुणस्तरीय, गुणस्तर र प्राविधिक नवप्रवर्तनलाई समुन्नतमा राख्दै, सन्तुलनमा राख्दै ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा लिने विश्वास व्यक्त गरे । 

उपलब्ध स्रोतको कुशल व्यवस्थापन एवं परिचालन गरी प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने तर्फ आफूलाई अगाडि बढाउन उनले आग्रह गरे । 

नेपाल टेलिकमले वार्षिकोत्सव मनाइँदा कर्मचारीहरूले भने विरोध प्रदर्शन गरेका थिए । आफूहरू अन्यायमा परेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्, प्रदर्शनमा सहभागीहरूले वृत्ति विकासको चाहना, आम कर्मचारीको भावना, विशेष बढुवा पुनर्स्थापित गरियोस्, नियमानुसार प्राप्त हुने सुविधा यथाशीघ्र उपलब्ध गराइयोस् लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  २ : ४७ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली