दक्षिण सुडानको अस्पतालमा हवाई आक्रमण « Khabarhub

दक्षिण सुडानको अस्पतालमा हवाई आक्रमण


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले दक्षिण सुडानको जोङ्लेई राज्यमा दुई लाख भन्दा बढी मानिसहरूलाई स्वास्थ्य सेवा दिइरहेको एक अस्पतालमा हवाई आक्रमण भएको बताएको छ ।

आक्रमणको क्रममा अस्पतालको मुख्य गोदाम नष्ट भएकाले चिकित्सा सेवा उपलब्ध गराउनका लागि अधिकांश  सामाग्रीहरू गुमाएको एमएसएफले बताएको छ ।

दक्षिण सुडानको सशस्त्र बलको सरकार देशमा हवाई आक्रमण गर्ने क्षमता भएको एक मात्र सशस्त्र दल भएको सङ्गठनले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार दक्षिण सुडानमा महिनौँदेखि चलिरहेको द्वन्द्वले देशमा गृहयुद्धको पुनरुत्थानको डर बढाएको छ । इथियोपियाको सिमानामा देशको पूर्वमा अवस्थित जोङ्लेईमा टुलो लडाइँ भएको छ, जहाँ सरकारी फौजले सुडान पिपुल्स लिबरेसन आर्मीका वफादार लडाकुहरूको आक्रमण रोक्न खोजिरहेका छन् ।

लन्किएनको अस्पतालमा भएको हवाई आक्रमणमा यसका एक जना स्टापलाई सामान्य चोट लागेको संगठनले बताएको छ । सम्भावित आक्रमणको सूचना पाएपछि केही घन्टा अघि नै अस्पताल खाली गरी बिरामीहरूलाई डिस्चार्ज गरिएको जनाइएको छ ।

गत महिना दक्षिण सुडानको सेनाले संयुक्त राष्ट्रसङ्घीय मिसन र परोपकारी संस्थाहरूका नागरिक र कर्मचारीहरूलाई विपक्षी शक्तिहरू विरुद्धको कारबाही अघि जोङ्लेई राज्यका तीनवटा काउन्टीहरू खाली गर्न आदेश दिएको थियो ।

हालैको लडाइँका कारण जोङ्लेईमा कम्तीमा एक लाख ८० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघीय मिसनले जनाएको छ । सन् २०१३–२०१८ मा दक्षिण सुडानमा भएको गृहयुद्धमा करिब ४ लाख मानिसको ज्यान गएको थियो ।
 

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  २ : २० बजे

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्

विद्युतको कर खारेजी माग गर्दै कुलमानको हस्ताक्षर अभियान (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न

गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र

निश्कल भन्छन् : हामी विभाजित होइन, एकीकृत कांग्रेस चाहन्छौँ

काठमाडौं–  नेपाली कांग्रेसका युवा नेता निश्कल राईले आफूहरूको चाहना विभाजित