समयमै निर्वाचन गरेर मत परिणाम आएपछि घर फर्किन्छु : प्रधानमन्त्री « Khabarhub

समयमै निर्वाचन गरेर मत परिणाम आएपछि घर फर्किन्छु : प्रधानमन्त्री


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचन एकै चरणमा हुने स्पष्ट पारेकी छन् । 

बिहीबार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पुगेर मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते देशभर एक चरणमा निर्वाचन हुने स्पष्ट पारेकी हुन् । 

तोकिएको मितिमा निर्वाचन गरेर मत परिणाम आए पनि आफ्नो जिम्मेवारी पुरा गरेर आफू घर फर्किने उनले बताइन् ।

उनले फागुन २१ गते देशभरको मौसम राम्रो हुने विश्वास व्यक्त गरिन् । प्रधामन्त्री कार्कीले मतपत्र छपाइको काम हेर्दा निकै उत्साह लागेको धारणा राखिन् । निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र अव जनताले छाप मात्रै लगाउन बाँकी रहेको बताइन् । 

त्यस्तै गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमा हर हालतमा निर्वाचन हुने र सबै तयारी सकारात्मक ढंगले अघि बढेको बताए । निर्वाचनका लागि कुनै सुरक्षा चुनौती नरहेको उनले बताइन् । 

त्यस्तै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको र निर्वाचन आचारसंहिता उलंघनमा कडाइ गरिएको जानकारी दिए । तोकिएको समयमा निर्वाचन गर्न सरकार संवेदनशील देखिएको र आयोग पनि निर्वाचन गर्न दृढ रहेको उनको भनाइ छ ।  

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । 

हालसम्म ६० निर्वाचन क्षेत्रका गरी ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको आयोगले जानकारी दिएको छ । त्यस्तै आयोगले समानुपातिकतर्फको मतपत्र ढुवानीका लागि तयारी अवस्थामा राखिएको समेत उल्लेख गरेको छ । 

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ६ : ४६ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक