अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यतहको वार्ता पुनः सुरु गर्ने सहमति « Khabarhub

अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यतहको वार्ता पुनः सुरु गर्ने सहमति


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – संयुक्त राज्य अमेरिका र रुस उच्चस्तरीय सैन्यतहको वार्ता पुनः सुरु गर्न सहमत भएको अमेरिकी रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । उनीहरूबीचको यस पहिलेको सन्धिको अवधि समाप्त भएको केही घण्टापछि नयाँ वार्ता सुरु गर्ने सहमति भएको हो ।

मस्को र वासिङ्टन दुवै प्रतिबन्धबाट सम्झौता बिहीबार समाप्त भएपछि औपचारिक रूपमा मुक्त भएका र उनीहरूले प्रयोग गर्न सक्ने आणविक हतियारको सङ्ख्यामा अब कुनै सीमा नभएको रूसले बताएको छ ।

अमेरिकी सेनाको युरोपियन कमान्डले एक विज्ञप्तिमा भनेको छ, “सेनाहरूबीच संवाद कायम राख्नु विश्वव्यापी स्थिरता र शान्तिको लागि एक महत्वपूर्ण कारक हो, जुन केवल शक्तिको माध्यमबाट प्राप्त गर्न सकिन्छ, र यसले थप पारदर्शिता र तनावलाई कम गर्ने माध्यम प्रदान गर्दछ।”

सन् २०२१ मा स्थगित गरिएको सैन्य वार्ता पुनः सुरु गर्ने सहमति ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ जारेड कुश्नर उपस्थित अबु धाबीमा भएको युक्रेन शान्ति वार्तामा भएको ‘फलदायी र रचनात्मक प्रगति’ पछि आएको हो ।

आणविक हतियार सन्धिको अन्त्यले विश्वका शीर्ष आणविक शक्तिराष्ट्रहरूबीच हतियारको नयाँ होडबाजी सुरु हुने र चीनलाई आफ्नो शस्त्रागार विस्तार गर्न प्रोत्साहित गर्ने अभियानकर्ताहरूले चेतावनी दिएका छन्।
यसैबीच, फरक परिस्थितिमा विश्वका जिम्मेवार मुलुकहरूले ‘जिम्मेवारी र संयम’ अपनाउन नेटोले आग्रह गरेको छ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ९ : ०६ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका