बैतडीमा २८७ बन्दुक फिर्ता « Khabarhub

बैतडीमा २८७ बन्दुक फिर्ता


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा २८७ भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै २८७ भरुवा बन्दुक फिर्ता गरिएको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरिएको र सोहीबमोजिम बन्दुक फिर्ता गरिएको जिल्ला प्रहरी प्रवक्ता बलदेब बडूले जानकारी दिए ।

यसअघि जिल्ला सुरक्षा समितिले हातहतियार बुझाउन उर्दी जारी गरेको थियो । जिल्लाका विभिन्न प्रहरी चौकी वा इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयले बन्दुक संकलन गरेको हो । बुझाइएका बन्दुक चैत २० गरेपश्चात् फिर्ता गरिने जनाएको छ ।

आसन्न निर्वाचन सुरक्षालाई व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित हातहतियार नियन्त्रणमा राखिएको हो । निर्वाचनको संवेदनशील समयमा लाइसेन्सप्राप्त हतियार पनि सुरक्षा जोखिमका कारण बन्न सक्ने आकलनका आधारमा यस्तो कदम चालिएको प्रशासनको भनाइ छ ।

प्रशासनले प्रत्येक निर्वाचनको समयमा यस्तै प्रकृतिका सावधानीमूलक व्यवस्था गर्दै आएको र यसलाई नियमित सुरक्षात्मक अभ्यासका रूपमा लिइएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए।
 

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ६ : २२ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक