असी करोड आठ लाख राजस्व संकलन « Khabarhub

असी करोड आठ लाख राजस्व संकलन


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ लाख ९९ हजार राजस्व संकलन गरेको छ । 
    
चालु आर्थिक वर्षको प्रथम छ महिनामा तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व संकलन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा रु आठ करोड ८६ लाख १० हजारले  बढी हो । 

यसैगरी चालु आवको पहिलो छ महिनामा अन्तशुल्कतर्फ एक अर्ब ८८ करोड ६४ लाख ८७ हजार, आयकरतर्फ ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ ४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम करतर्फ २७ करोड ७३ लाख दुई हजार, ब्याजकरतर्फ तीन करोड ६९ लाख ४७ हजार र बहालकरतर्फ ८१ लाख २६ हजार राजस्व संकलन उक्त कार्यालयले जनाएको छ । 

गत आवको सोही अवधिमा तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व संकलन भएको थियो । उक्त कार्यालयमा आयकरतर्फ ३३ हजार ५९६, मूल्य अभिवृद्धितर्फ पाँच हजार ८४९, अन्तशुल्कतर्फ एक हजार ५९८, विथहोल्डतर्फ ७११ र व्यक्तिगततर्फका ८१ हजार ८१२ करदाता सूचीकृत छन् । 

कर दाखिला गर्न आनाकानी गर्ने करदाताहरूको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायत अभियान सञ्चालन गरी १० करोड बक्यौता असुली भएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बताए । 

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ९ : ०५ बजे

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन

संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले