लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ « Khabarhub

लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतका २१ वर्षीय अर्जुनकुमार प्रजापति, वडा नं ७ का २२ वर्षीया ललितासिंह ठकुरी, नरहरिनाथ गाउँपालिका–९ कालीकोटका १८ वर्षीय रमेश रावल र ठाकुरबाबा नगरपालिका–७ बर्दियाका २२ वर्षीया अर्जुन बुढा रहेका छन् ।

पक्राउ परेका आरोपितहरूको साथबाट एक ग्राम ५६० मिलीग्राम लागुऔषध नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बुढाथापाले बताए ।

उनले भने, “स्थानीयले वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाामा प्रहरीले चलाएको विशेष अप्रेसनका क्रममा उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारिएको थियो । खानतलासी गर्दा लागुऔषध नै भेटियो ।” उनीहरूका साथबाट नाइट्राजेपाम ३१ ट्याब्लेट फेलापरेको बताउँदै प्रहरीले पक्राउ परेकाहरूको आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।

त्यसैगरी, जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त नौगाड गाउँपालिका–२ का २७ वर्षीय भूपेन्द्रसिंह ठगुन्नालाई काठमाडौँ जिल्ला वडा एरियामा लुकीछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरी सुर्खेत प्रहरीमा ल्याई उक्त मुद्दामा ठगुन्नालाई अनुसन्धान थालिएको जनाइएको छ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ९ : १३ बजे

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय