आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ २४ गते शनिबार फागुन कृष्ण पक्षको षष्ठी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी ७ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : कामलाई निरन्तता दिनु राम्रो हुन्छ । मन अशान्त बन्दा ठुलो घाटा हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ ।

वृष : तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन छ । नाट्य क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने बढुवा हुनेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । व्यापारमा गरेको सानो लगानीबाट सन्तोषजनक आम्दानी हुनेछ ।

मिथुन : सञ्चित धन खर्च हुनाले मनमा अशान्ति बढ्नेछ । व्यापारमा फाइदा हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ । आफूले गर्ने काममा एक्लै अगाडि नबढी सहकार्य गर्नु राम्रो हुनेछ । परिवारमा विवाद नगर्दा फाइदा हुनेछ ।

कर्कट : आजको दिन व्यापारमा फाइदा हुने देखिन्छ । दाजुभाइसँगको सहकार्यमा गरेको कामबाट उन्नती हुनेछ । भूमी सम्बन्धी कारोबारमा लाभ हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

सिंह : धनलक्ष्मी योग परेकाले तपाईंलाई आज चिट्ठा पर्ने सम्भावना छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाका क्षेत्रमा भने गुरुको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ ।

कन्या : स्वास्थ्यले साथ दिनेछ । परिवारले तपाईंलाई अप्ठेरो परिस्थितिमा साथ दिँदा मन शान्त बन्नेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ । धार्मिक कार्यमा सहभागी हुनु उपयुक्त हुनेछ।

तुला : दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ । स्वास्थ्यमा समस्या बढ्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने समय छ । दाम्पत्य जीवन सुखमय रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज छ । सहकर्मी साथीबाट उचित सल्लाह प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

धनु : धनको पछाडि लाग्दा समस्या हुनेछ । स्वास्थ्यको ख्याल गर्नुपर्ने समय छ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : मनको कुरा सार्वजनिक गर्ने दिन छ । कुरा गुम्स्याएर मनमा राखेमा समस्या बढ्नेछ । राज्यको तर्फबाट तपाईंको काममा साथ र समर्थन प्राप्त हुनेछ । बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मनमा शान्ति मिल्नेछ ।

कुम्भ : दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ । परिवारको साथ मिल्दा मन शान्त बन्नेछ ।

मीन : सहयाेगी संघ संस्थानको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ । बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने समय छ । शिक्षामा संघर्ष गर्नुपर्ने समय छ । दान गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ५ : १३ बजे

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ

आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रामप्रसादराई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका परम्परागत साकेला सिलीको संरक्षणमा जुटेको छ