पर्यटनको प्रतीक्षामा जिरी « Khabarhub

पर्यटनको प्रतीक्षामा जिरी


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोलखा–  ‘स्विट्जरल्यान्ड अफ नेपाल’ को उपनामले परिचित जिरी दोलखा जिल्लाको प्रमुख पर्यटन गन्तव्य हो। हरियाली डाँडाकाँडा, खुला फाँट, परम्परागत बस्ती र चिसो हावापानीले भरिएको जिरीमा पछिल्लो समय पर्यटकको चहलपहल भने न्यून देखिएको छ।

एक समय सगरमाथा आरोहणतर्फ जाने विदेशी पर्यटकहरूको प्रमुख प्रवेशद्वार मानिने जिरी अहिले ओझेलमा परेको स्थानीयको गुनासो छ। सडक सञ्जाल विस्तार भए पनि पर्याप्त प्रचार प्रसार, पूर्वाधार विकास र व्यवस्थित पर्यटन योजनाको अभावले अपेक्षित पर्यटक भित्रिन नसकेको उनीहरू बताउँछन्।

जिरी आसपासका च्योर्दुङ डाँडा, हनुमन्ते डाँडा, जिरेश्वरी महादेव, शैलुङ डाँडा, कालिन्चोक भगवती, बिगु गुम्बा, तामाकोशी नदी क्षेत्र तथा रोल्वालिङ क्षेत्रजस्ता गन्तव्यहरू पर्यटनको ठूलो सम्भावना बोकेका छन्। यी गन्तव्यलाई जिरीसँग जोडेर प्याकेजका रूपमा प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने पर्यटन व्यवसायीहरूको भनाइ छ।

स्थानीय संस्कृति, कृषि जीवनशैली र प्राकृतिक दृश्यको संरक्षण गर्दै दिगो पर्यटन विकासमा जोड दिन सके जिरी फेरि पर्यटकको आकर्षक गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  १ : ४१ बजे

मिडिया ट्रायलविरुद्ध गंगा दाहालको आपत्ति

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहालले

एकै खेलमा तीन रातो कार्ड : विश्वकप रेफ्रीको निर्णय सही कि गलत ?

काठमाडौँ– विश्वकपका खेलमा रातो कार्डको वर्षा हुने दिन अब इतिहास

ट्राफिक कारबाहीबाट १८ लाख ८१ हजार राजस्व संकलन

काठमाडौं– काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई

डा. लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन

काठमाडौं- हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

भोजपुर– यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको