मौसम पूर्वानुमान : तराईमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल « Khabarhub

मौसम पूर्वानुमान : तराईमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ।

आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु र कुहिरो रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागको मौसम सफा रहने छ । कोशीका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यस्तै, आज राति तराई भूभागका केही स्थानमा बादल लाग्ने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ७ : ३६ बजे

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण

दुर्लभ इतिहास रचेर ओझेल पर्दैछन्- मेस्सी, रोनाल्डो र ओचोआ

विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च विश्वकप २०२६ सुरु भएसँगै समर्थकको

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

म्याग्दी– यहाँको रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर) स्थायी

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि