‘पैसा नभएकै कारण नेपालीले उपचारबाट बन्चित हुनु पर्दैन’ « Khabarhub

‘पैसा नभएकै कारण नेपालीले उपचारबाट बन्चित हुनु पर्दैन’

गगनले सुनाए बदलिएको कांग्रेसको स्वास्थ्य योजना


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसको स्वास्थ्य योजना सुनाएका छन् । सामाजिक सञ्जालमा सक्रिय थापाले भिडियो सन्देश जारी गर्दै पार्टीको स्वास्थ्य योजना सुनाएका हुन् ।

बीमाको कार्यक्रमलाई सफल बनाउन एकीकृत गर्नुपर्ने आवश्यकता भएको र कुनै पनि नेपालीले पैसा नभएकै कारण उपचारबाट बन्चित हुनु नपर्ने आवस्थाको अन्त्य हुने बताएका छन् ।

‘अहिले बीमाको कार्यक्रम अस्तव्यस्त भएको छ । यसलाई सुधार गर्नुपर्ने आवश्यकता छ । यसलाई जुन सोचका आधारमा ल्याइएको हो त्यही आधारमा अगाडि बढ्छ । स्वास्थ्य बीमालाई राष्ट्रिय गौरबको आयोजनामा राख्छौँ’, उनले भनेका छन् ।

सभापति थापाले सबै नागरिकले स्वास्थ्य बीमा गर्नुपर्ने जोड दिएका छन् । सबै स्वास्थ्य कार्यक्रमलाई एकीकृत गर्नुपर्ने र प्रणालीगत सुधार आवश्यक रहेको उनको भनाइ छ ।

सभापति थापाले भनेका छन्, ‘पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित हुने छैनन् । स्वास्थ्य बिमामा आवश्यक सुधार गरेर हरेक नागरिकलाई समेट्ने हाम्रो सङ्कल्प हो।’

बीमा गर्दा कसैले उपचारका लागि घरखेत बेच्नु नपर्ने भन्दै उनले स्वास्थ्यका सावालमा सरकारको जिम्मेवारी रहेको बताएका छन् ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  १० : १० बजे

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका