टी-२० विश्वकपमा न्यूजिल्याण्डसँग अफगानिस्तान ५ विकेटले पराजित « Khabarhub

टी-२० विश्वकपमा न्यूजिल्याण्डसँग अफगानिस्तान ५ विकेटले पराजित


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत आइतबार न्यूजिल्याण्डले अफगानिस्तानलाई पराजित गरेको छ । भारतको चेन्नईस्थित चिदमबरम रंगशालामा भएको खेलमा भएको खेलमा न्यूजिल्याण्ड ५ विकेटले विजयी भएको हो ।

अफगानिस्तानले दिएको १ सय ८३ रनको लक्ष्य न्यूजिल्याण्डले १३ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो । न्यूजिल्याण्डका लागि विकेटकिपर ब्याटर टिम सेइफेर्टले सर्वाधिक ६५ रन बनाए । ४२ बलको सामना गरेका उनले ७ चौका र तीन छक्का प्रहार गरे ।

त्यसैगरी, ग्लेन फिलिप्सले २५ बलमा ४२ रन जोडे । यस क्रममा उनले सात चौका र एक छक्का प्रहार गरे । अफगानिस्तानका मुजिब उर रहमानले दुई विकेट लिए भने मोहम्मद नबी, रशिद खान र अज्मतुल्लाह ओमरजाइले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रन जोडेको थियो ।

अफगानिस्तानका लागि गुलबदिन नाइबले सर्वाधिक ६३ रन बनाए । ३५ बलको सामना गरेका उनले तीन चौका र चार छक्का प्रहार गरे । त्यसैगरी, सेदिकुल्लाह अटलले २४ बलमा २९ र रहमतुल्लाह गुर्बजले २२ बलमा २७ रन जोडे ।

बलिङतर्फ न्यूजिल्याण्डका लोकी फर्गुसनले दुई विकेट लिए भने म्याट हेनरी, ज्याकब डफी र रचिन रवीन्द्रले समान एक विकेट लिए ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  २ : ४९ बजे

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज