दुर्गा प्रसाईंको पक्षमा कांग्रेस नेता दीपक खड्का, पटक पटक पक्राउप्रति सरकारमाथि उठाए प्रश्न « Khabarhub

दुर्गा प्रसाईंको पक्षमा कांग्रेस नेता दीपक खड्का, पटक पटक पक्राउप्रति सरकारमाथि उठाए प्रश्न


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्काले संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको सम्मान गर्दै फागुन २१ मा निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सरकारसँग माग गरेका छन्।

आइतबार विज्ञप्तिमार्फत् उनले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र भएको स्मरण गराएका छन् ।

नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको लोकतन्त्र, संविधान र नागरिक स्वतन्त्रता कुनै हालतमा कमजोर पार्न नहुने उनले बताएका छन्। नेपाली कांग्रेस सधैं शान्ति, लोकतान्त्रिक अभ्यास र राष्ट्रनिर्माणको मार्गमा प्रतिबद्ध रहेको उनको भनाइ छ।

खड्काले संविधानको धारा १७ अनुसार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, धारा २७ अनुसार सूचनाको हक र धारा १९ अनुसार शान्तिपूर्ण सभा तथा प्रदर्शनको अधिकार नागरिकका मौलिक अधिकार भएको उल्लेख गरेका छन्।

यी अधिकार प्रयोग गरी सरकारका कमजोरी र समाजका विकृतिमाथि आवाज उठाउनु अपराध नभई लोकतन्त्रको मूल मर्म भएको उनको धारणा छ।

नेता खड्काले सामाजिक अभियन्ता दुर्गा प्रसाईलाई पटक–पटक पक्राउ गर्नु लोकतान्त्रिक मूल्य र संवैधानिक मर्मविपरीत रहेको भन्दै असहमतिको आवाज दबाउने प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउँदै नागरिक अधिकार कुण्ठित गरिरहेको आरोप लगाएका छन्।

उनले अभिव्यक्तिको आधारमा गरिएको गिरफ्तारी तत्काल रिहा गर्न, दमनकारी गतिविधि बन्द गर्न, नागरिक अधिकारको सम्मान गर्न र संवाद तथा सहमतिमार्फत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।

उनले फागुन २१ मा हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गरिनुपर्नेमा जोड दिएका छन्। खड्काले लोकतन्त्र बलियो बनाउन जनताको आवाज सुन्ने साहस, संविधानको सम्मान र राजनीतिक परिपक्वता अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

‘दमन होइन संवाद, डर होइन विश्वास, अस्थिरता होइन स्थिरता नै राष्ट्रनिर्माणको सही मार्ग’ भएको कुरामा पनि उनले सरकारलाई सचेत गराएका छन् ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ३ : १४ बजे

नेपालले गुमायो चौथो विकेट, कप्तान पौडेल आउट

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा तीन सदस्यीय

वानखेडेमा नेपाली क्रिकेटको रौनक (तस्बिरहरू)

आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको छ

नेपालको सय रन पूरा

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि

काठमाडौं– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा