निर्वाचन आचारसंहिता पालना गर्न आग्रह « Khabarhub

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा जिल्लामा निर्वाचन आचारसंहिता विपरीत सरकारी सवारीसाधन दुरुपयोगको गुनासो आएपछि सम्बन्धित निकायले कडाइ गरेको छ ।

निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको अवस्थामा सरकारी सवारीसाधन राजनीतिक गतिविधिमा प्रयोग गरिएको गुनासो प्राप्त भएपछि अनुगमनलाई तीव्र बनाइएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मोहनचन्द्र जोशीले जानकारी दिए ।

जनप्रतिनिधि तथा कर्मचारीले प्रयोग गर्ने चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सरकारी सवारीसाधन कार्यालयको नियमित कामकाज बाहेक राजनीतिक कार्यक्रम, जुलुस, सभा, प्रदर्शन तथा अन्य सार्वजनिक गतिविधिमा प्रयोग नगर्न उनले आग्रह गरे ।

‘सरकारी सवारी साधनको प्रयोग पूर्ण रूपमा आचारसंहिता अनुरूप हुनुपर्छ,’ उनले भने, ‘आचारसंहिताको पालना नगरेमा नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने छ ।’ आचारसंहिता उल्लङ्घनका गतिविधिमाथि निरन्तर निगरानी भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ९ : १९ बजे

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६