एचपीभी खोप लगाउँदा प्रभावकारी « Khabarhub

एचपीभी खोप लगाउँदा प्रभावकारी


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपीभी खोप अभियानमा १४९ स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीका अनुसार जिल्लाका दश स्थानीय तहमा १४९ स्वास्थ्यकर्मी परिचालन गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

माघ २९ र फागुन १ गते व्यास नगरपालिका, भिमाद नगरपालिका, बन्दीपुर गाउँपालिका र देवघाट गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

यस्तै फागुन ४ र ५ गते भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

दुई हजार ६२५ जना किशोरीलाई एचपीभी खोप लगाइने दवाडीले बताए । हाल विद्यालय जाने कक्षा ६ का छात्रा, गत आर्थिक वर्षमा छुट भएका हाल कक्षा ७ देखि १० मा अध्ययन गर्दै गरेका छात्रा, हाल विद्यालय नजाने १० वर्ष उमेरका किशोरी, गत आर्थिक वर्षमा छुट भएका विद्यालय नजाने हाल ११ देखि १४ वर्षका किशोरीलाई उक्त खोप लगाउन लागिएको दवाडीले बताए । गत वर्ष जिल्लाका १४ हजार १३५ किशोरीलाई उक्त खोप लगाइएको थियो ।

व्यास नगरपालिकाका ७७६, भानु नगरपालिकाका २४४, शुक्लागण्डकी नगरपालिकाका ४६३, भिमाद नगरपालिकाका २५८, म्याग्दे गाउँपालिकाका १३६, घिरिङ गाउँपालिकाका १०२, ऋषिङ गाउँपालिकाका ११७, देवघाट गाउँपालिकाका ११८, बन्दीपुर गाउँपालिकाका १६६, आँबुखैरेनी गाउँपालिकाका २४५ किशोरीलाई खोप लगाइने दवाडीले बताए ।

व्यास नगरपालिकामा २३, भानु नगरपालिकामा १३, शुक्लागण्डकी नगरपालिकामा २३, भिमाद नगरपालिकामा २३, म्याग्दे गाउँपालिकामा ११, घिरिङ गाउँपालिकामा आठ, ऋषिङ गाउँपालिकामा २०, देवघाट गाउँपालिकामा नौ, बन्दीपुर गाउँपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा छ स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।

नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने अनुमान गरिएको छ ।

हरेक वर्ष एक हजार ३१३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने जनाइएको छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने स्वास्थ्यकर्मी बताउँछन् । (रासस)

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १० : ५९ बजे

काफल बेच्दा नगर प्रहरीको दुर्व्यवहार भोगेकी धमिलासँग मेयरले मागिन् माफी

सुर्खेत- यहाँस्थित वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी एकजना महिलासँग

आईसीसी विश्वकप लिग-२ : अमेरिकासँग स्कटल्याण्ड पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई

नर्वेकी एक पत्रकारले मोदीलाई प्रश्न सोध्दा भारतमा खैलाबैला !

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हत्तपत्त देशभित्रका पत्रकारसँग दोहोरो सवाल-जवाफ

मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त

जनकपुरधाम– वर्षौँदेखि मधेस प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन

सभापति रवि लामिछानेको बिकल्प खोजेका छैनौँ : गणेश पराजुली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश