ऋतिक रोशनको ड्रीम प्रोजेक्ट ‘कृष ४’ निर्माणमा ब्रेक « Khabarhub

ऋतिक रोशनको ड्रीम प्रोजेक्ट ‘कृष ४’ निर्माणमा ब्रेक


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड सुपरस्टार ऋतिक रोशनको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘कृष ४’ को निर्माण कार्यमा ब्रेक लागेको छ। लामो समयदेखि प्रतीक्षित यो फिल्म बजेटसम्बन्धी असहमतिको कारण हालका लागि रोकिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय सिनेमाका लोकप्रिय सुपरहिरो क्यारेक्टर ‘कृष’ लाई पर्दामा पुनः हेर्न दर्शकहरू करिब एक दशकदेखि प्रतीक्षारत छन्। यही कारण ‘कृष ४’ सम्बन्धी हरेक अपडेटले व्यापक चासो पाउँदै आएको छ। 

केही समयअघि अभिनेत्री प्रियंका चोपडाको फिल्ममा पुनरागमन हुने खबर सार्वजनिक भएपछि दर्शकको उत्साह अझ बढेको थियो। प्रियंकाले यसअघि ‘कृष’ श्रृंखलाका दुई फिल्ममा मुख्य भूमिका निर्वाह गरिसकेकी छन्।

तर उत्साहका बीच अब निर्माणमा अवरोध आएको खबर बाहिरिएको छ। बलिउड हंगामाका अनुसार ‘कृष ४’ को बजेटलाई लिएर ऋतिक रोशन र यशराज फिल्म्सका प्रमुख आदित्य चोपडाबीच सहमति हुन सकेन। 

स्रोतका अनुसार ऋतिक फिल्मलाई करिब पाँच सय करोड रुपैयाँको बजेटमा बनाउन इच्छुक थिए भने आदित्य चोपडा भने बजेटलाई करिब तीन सय पचास करोड रुपैयाँमा सीमित राख्न चाहन्थे।

बजेटबारे पटकपटक छलफल भए पनि सहमति नजुटेपछि दुवै पक्षले हालका लागि फिल्मलाई साइडमा राख्ने निर्णय गरेका हुन्। स्रोतका अनुसार ऋतिक रोशनले अब चाँडै अर्को नयाँ फिल्म सुरु गर्ने तयारी गरिरहेका छन्। उक्त प्रोजेक्ट पूरा भएपछि मात्र उनी ‘कृष ४’ मा पूर्ण रूपमा केन्द्रित हुने बताइएको छ।

यससँगै ‘कृष ४’ को निर्माण कहिले सुरु हुन्छ भन्ने विषयमा भने अझै स्पष्टता आएको छैन।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १ : ०३ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई