एपस्टीन फाइल्स : १० देशमा उच्च पदस्थको राजीनामा, ८० बढी शक्तिशाली व्यक्ति छानबिनमा तानिँदै « Khabarhub

एपस्टीन फाइल्स : १० देशमा उच्च पदस्थको राजीनामा, ८० बढी शक्तिशाली व्यक्ति छानबिनमा तानिँदै


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- अमेरिका स्थित यौन अपराधी जेफ्री एपस्टीनसँग सम्बन्धित गोप्य दस्तावेज सार्वजनिक भएपछि विश्वभररै हलचल मच्चिएको छ।

अमेरिकी न्याय विभागले करिब ३० लाख पृष्ठको दस्तावेज ३० जनवरीमा जारी गरेको थियो। त्यसपछि १० देशमा १५ भन्दा बढी उच्च अधिकारीले पदबाट राजीनामा दिनु परेको छ। ८० भन्दा बढी शक्तिशाली व्यक्तिहरूको जाँच भइरहेको छ।

यी फाइलमा नेताहरू, राजदूतहरू, अरबपति र शाही परिवारका सदस्यहरूको नाम उल्लेख छ। ईमेल, उडान र सम्पर्क रेकर्डहरूमा करिब ७००–१००० प्रभावशाली व्यक्तिको विवरण छ ।

धेरै मामिलामा नाबालिग किशोरीहरूको यौन शोषण गरेको आरोप पनि छन्। दस्तावेजमा अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन, डोनाल्ड ट्रम्प र हिलेरी क्लिन्टनजस्ता उच्च-पदस्थ नाम विभिन्न सन्दर्भमा देखिएका छन्।

युरोपमा एपस्टीन सुनामी

एपस्टीन खुलासापछि सबैभन्दा बढी प्रभाव युरोपमा परेको छ। करिब १० देशमा राजीनामाको श्रृंखला सुरु भएको छ।

ब्रिटेनमा सबैभन्दा बढी ३ अधिकारीले पद छाडेका छन्। पूर्वराजदूत पीटर म्यान्डेलसन, सल्लाहकार एडम पेरी र प्रधानमन्त्री कीर स्टार्मरका मुख्य सहायक मोर्गन म्याक्स्वीनीले राजीनामा दिएका छन्।

स्लोभाकियामा पूर्व विदेश मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार मिरोस्लाभ लाइचकले ३०० भन्दा बढी ईमेल र आपत्तिजनक च्याट सार्वजनिक भएपछि पद छोडेका छन्।

स्वीडेनकी वरिष्ठ कूटनीतिज्ञ जोआना रुबिनस्टीनले पद छाडेका छन्। नर्वेकी राजदूत मोना जूल, अमेरिकास्थित श्रममन्त्री एलेक्स एकोस्टा र एआईटीका ल्याब प्रमुख जोइची इटोले पनि राजीनामा दिएका छन्।

सरकारमा दबाव र जाँच

एपस्टीन फाइलले विभिन्न देशको सरकारका लागि कूटनीतिक र राजनीतिक लज्जाको कारण बनेको छ।

ब्रिटिश प्रधानमन्त्री स्टार्मरले माफी माग्नुपर्‍यो भने प्रिन्स एन्ड्र्यूविरुद्ध नयाँ फाइलको आधारमा प्रहरी अनुसन्धान सुरु भएको छ।

नर्वेमा राजदूत मोना जुएल निलम्बित गरिएकी छन्। पूर्वप्रधानमन्त्री थोरब्जर्न जागल्यान्डविरुद्ध भ्रष्टाचार जाँच सुरु भएको छ।

फ्रान्समा पूर्व मन्त्री ज्याक ल्याङलाई औपचारिक समन पठाइएको छ। पोल्याण्ड, लात्भिया र टर्कीले मानव तस्करी र साठगाँठको अनुसन्धानका लागि विशेष टोली बनाएका छन्।

सार्वजनिक माफी

कुनै शक्तिशाली व्यक्तिहरू र उनका परिवारले सार्वजनिक रूपमा माफी मागेका छन्। नर्वेको क्राउन प्रिन्सेस मेटे-मारिटले ईमेल र संवाद सार्वजनिक भएपछि माफी मागिन्।

माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले एपस्टीनसँग भेट र संवादमा अफसोस व्यक्त गर्दै फाउन्डेशनको बोर्डबाट राजीनामा दिए।

इजरायलका पूर्व प्रधानमन्त्री एहुद बराकले एपस्टीनको अपार्टमेन्टमा भेट र बैठकको रेकर्ड सार्वजनिक भएपछि सफाइ दिएका छन्।

ट्रम्प र एपस्टीन

एपस्टीन फाइलमा डोनाल्ड ट्रम्पको नाम ३८ हजार भन्दा बढी पटक उल्लेख छ। रेकर्ड अनुसार १९९० दशकमा एपस्टीनको निजी विमानबाट ७–८ यात्रा गरेका थिए। ट्रम्पको मार-ए-लागो क्लबको गेस्ट लिस्टमा पनि उनका नाम थिए।

जाँचले यौन शोषणको नेटवर्क केवल अमेरिका सीमित नभएको देखाएको छ । एपस्टीनले व्यवस्थित ट्राफिकिङ नेटवर्क निर्माण गरेको थियो। हालसम्म १५ देशका धनी, नेता र अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको नाम सार्वजनिक भइसकेको छ।

घटनाक्रम

२००५ : १४ वर्षकी एक केटीले पहिलो उजुरी दिइन्। फ्लोरिडामा ३० केटीले बयान दिइन्।

२००६–००८ : अभियोजक एलेक्स एकोस्टाले एपस्टीनलाई फेडरल ट्रायलबाट बचाउने ‘प्ली डिल’ प्रदान गरे। उनलाई १३ महिना जेल सजाय भयो, दिनमा बाहिर काम गर्न अनुमति थियो।

२००९–१५ : जेलबाट बाहिर आएपछि नेटवर्क सक्रिय भयो। ‘लोलिता एक्सप्रेस’ र निजी द्वीपसँग सम्बन्धित प्रमाणहरू बढ्दै गए।

२०१७–१८ : #मीटू आन्दोलनपछि पीडितको बयान र अनुसन्धानले प्रभावशाली सम्पर्क उजागर गरे।

२०१९ : सेक्स-ट्राफिकिङ आरोपमा पक्राउ परे । एक महिनापछि जेलभित्रै शंकास्पद परिस्थितिमा मृत्यु, आधिकारिक रूपमा आत्महत्या भनिएको छ।

२०२०–२६ : अमेरिकी अदालतको आदेश अनुसार ३० लाख पृष्ठ सार्वजनिक, वैश्विक जाँच सुरू।

जेफ्री एपस्टीन को थिए?

जेफ्री एपस्टीन न्यूयोर्कका करोडपति व्यापारी थिए। उनी उच्च नेताहरू र सेलिब्रिटीसँग सम्बन्धि राख्थे। २००५ मा नाबालिग किशोरीसँग यौन उत्पीडनको आरोप लाग्यो।

२००८ मा नाबालिगसँग यौन सम्पर्क गर्न मागेको कुरामा दोषी ठहरिए। १३ महिना जेल सजाय पाए। २०१९ मा सेक्स ट्राफिकिङ आरोपमा पक्राउ भए, तर सुनुवाइअघि नै जेलमा आत्महत्या गरे।

उनकी साथी घिस्लीन म्याक्सवेललाई २०२१ मा मद्दत गरेको आरोपमा दोषी ठहर गरियो, उनी २० वर्षको जेल सजाय भोग्दैछिन्।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ७ : १२ बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु