टी–२० विश्वकप : पाकिस्तानले गर्‍यो भारतसँग खेल्ने निर्णय « Khabarhub

टी–२० विश्वकप : पाकिस्तानले गर्‍यो भारतसँग खेल्ने निर्णय


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको बहुप्रतिक्षित खेल खेल्न पाकिस्तान तयार भएको छ। १० दिन अगाडि भारतसँग खेल्न पाकिस्तानले अस्वीकार गरेपछि सिर्जना भएको लामो गतिरोध अन्त्य भएको हो।

पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी० ले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आगामी फेब्रुअरी १५ मा कोलम्बोमा दुई देशबीचको खेल हुने सुनिश्चित गरेका हुन्।

पाकिस्तान सरकारका अनुसार श्रीलंका र संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका आईसीसी सदस्य राष्ट्रहरूले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई खेल बहिष्कार नगर्न आग्रह गरेका थिए।

खेल नभएमा अन्य सहभागी राष्ट्रलाई समेत ठूलो आर्थिक नोक्सानी हुने भन्दै ती देशहरूले चिन्ता व्यक्त गरेका थिए।

यस विषयमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र श्रीलंकाका राष्ट्रपति कुमारा दिसानायकेबीच पनि टेलिफोन संवाद भएको बताइएको छ।

पाकिस्तान सरकारले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘बहुपक्षीय छलफल र मित्र राष्ट्रहरूको अनुरोधलाई मध्यनजर गर्दै, पाकिस्तान सरकारले राष्ट्रिय टोलीलाई फेब्रुअरी १५ मा हुने खेलमा सहभागी हुन निर्देशन दिएको छ। यो निर्णय खेलको भावना रक्षा गर्न र विश्वव्यापी रूपमा क्रिकेटको निरन्तरतालाई सहयोग पुर्‍याउन लिइएको हो।’

यो खेललाई व्यावसायिक दृष्टिकोणले यस विश्वकपको सबैभन्दा महत्त्वपूर्ण मानिएको छ। यसअघि पाकिस्तानले भारतसँग खेल्न नमान्दा प्रतियोगिताको आयोजना र प्रसारण अधिकारमा समेत अन्योल सिर्जना भएको थियो।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ६ : ५१ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने