बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग « Khabarhub

बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बङ्गलादेशको संसदीय चुनावको मतदान दिन नजिकै जाँदा निर्वाचन अधिकारीहरू तथा राजनीतिक उम्मेदवारहरूले मतदान तालिका, अभियान गतिविधि लगायतका प्रमुख घटनाक्रमहरूले तिव्रता पाएको जनाइएका छन् । 

बङ्गलादेश निर्वाचन आयोग सचिवालयका वरिष्ठ सचिव अख्तर अहमदले मतदान अघि सुरक्षा र गलत सूचना सम्बन्धी चिन्ताहरूलाई सम्बोधन गरेका छन् । 

अख्तर अहमदलाई उदृत गर्दै एएनआइले आगामी फेब्रुअरी– १२ तारिखको बिहान ७.३० देखि मतदान सुरु गर्ने तयारी भइसकेको जनाएको छ ।

सुरक्षा सम्बन्धी चिन्तालाई सम्बोधन गर्दै अख्तर अहमदले भने मेरो बुझाइमा, त्यहाँ कुनै सुरक्षा खतरा तथा सुरक्षा चिन्ता छैन,  सबै कुरा व्यवस्थित छ ।“

उनले गलत सूचनासँग सम्बन्धित चिन्ताहरूलाई उजागर गर्दै गलत सूचनाले समस्या सिर्जना गर्न सक्ने बताउँदै यो डर नभई चिन्ताको विषय  भएको उल्लेख गरेका छन् ।

मतदानको मिति नजिकिँदै जाँदा, उम्मेदवारहरूले घरदैलो अभियान र्याली, सार्वजनिक सम्बोधन, लगायतका प्रयासहरू तीव्र परेका छन् भने राजनीतिक अभियान अन्तिम चरणमा प्रवेश गरेको छ ।

बङ्गलादेशको निर्वाचन कानुन अन्तर्गत मतदान सुरु हुनु भन्दा ४८ घण्टा अघि आधिकारिक प्रचार अभियान समाप्त हुन्छ । मतदान फेब्रुअरी– १२ बिहान ७.३० बजे सुरु हुने र प्रचार अभियान फेब्रुअरी–१० को साँझ ७.३० बजे समाप्त हुने जनाइएको छ ।

चुनाव प्रचारको अन्तिम समयमा ढाका-१३ निर्वाचन क्षेत्रका लागि बङ्गलादेश राष्ट्रवादी पार्टीका उम्मेदवार बबी हजाजले मतदाताको उत्साहजनाक सहभागिताबारे आशा व्यक्त गरेका छन्  । 

बङ्गलादेशमा सन् २०२४ जुलाईको विद्रोह पछि व्यापक राजनीतिक अस्थिरताको बीचमा हाल संसदीय  चुनाव हुन गइरहेको छ । 

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  २ : ४५ बजे

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन