काठमाडौंमा पनि लगाउन थालियो एचपीभी खोप (तस्बिरहरू) « Khabarhub

काठमाडौंमा पनि लगाउन थालियो एचपीभी खोप (तस्बिरहरू)


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप बालिका तथा किशोरीहरूलाई लगाउन सुरू गरिएको छ । 

आइतबारदेखि औपचारिक रूपमा अभियान सुरू भएको भए पनि आजबाट काठमाडौंका महानगरहरूमा लगाउन सुरू गरिएको हो । 

खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय भर्ना नभएका १० वर्ष उमेर समूहका बालिकाहरूलाई खोप लगाइँदैछ । कक्षा ६ मा पढ्ने ११ र १२ वर्षसम्मका छात्राले पनि खोप लगाइरहेका छन् ।

सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप लगाएको थियो । 

गत वर्ष छुटेका ११ देखि १४ वर्षसम्मका बालिकाहरूलाई यस पटक खोप लगाइँदै छ । यस वर्ष करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने सरकारको लक्ष्य छ । 

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ३ : ४३ बजे

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड