भारत सरकारप्रति प्रधानमन्त्री कार्कीद्वारा कृतज्ञता ज्ञापन « Khabarhub

भारत सरकारप्रति प्रधानमन्त्री कार्कीद्वारा कृतज्ञता ज्ञापन


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका निम्ति भारतबाट प्राप्त सहयोगका भारत सरकारप्रति कृतज्ञता ज्ञापन गरेकी छन् । 

प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग आज भएको भेटमा आगामी फागुन २१ गते विशेष अवस्थामा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न नेपाल सरकारलाई सवारीसाधनका साथै विविध सामग्री उपलब्ध गराएकामा हार्दिक कृतज्ञता ज्ञापन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। 

प्रत्युत्तरमा राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र असल छिमेकीका नाताले सहयोग गर्नु भारतको कर्तव्य भएको बताए।

साथै निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थायित्व भारतका लागि पनि महत्वपूर्ण हुने उनले बताए।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ३ : ४२ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो