बैंक र अख्तियारकै मिलेमतोः करोडौंको जग्गा अर्कैको नाममा | Khabarhub Khabarhub

बैंक र अख्तियारकै मिलेमतोः करोडौंको जग्गा अर्कैको नाममा


१७ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल बैंक लिमिटेडको मिलेमतोमा करोडौं रुपैयाँको जग्गा अर्कै व्यक्तिको नाममा नामसारी गरिएको पाइएको छ ।

सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका बेला मिलेमतोमा जग्गा नामसारी भएको पाइएको हो । आयोगले काठमाडौं धुम्बाराही–४ का मोहन सहनीले नेपाल बैंकमा कमसल जग्गा धितो राखी ऋण लिएको भनी १९ करोड रुपैयाँ बिगो माग गर्दै २०५८ सालमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतले १३ कात्तिक २०६२ मा १० करोड २३ लाख जरिवाना र बिगो २ करोड २३ लाख असुल गर्ने फैसला गरेको थियो ।

बिगो र जरिवाना तिर्न नसक्दा सहनी तीन वर्षका लागि जेल चलान भएका र मुद्दा विचाराधीन रहेकै अवस्थामा उनको जग्गा मिलेमतोमा नामसारी भएको खुलेको छ । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार  ७ : ५४ बजे

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ– मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई

वीरगञ्ज भन्साार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि

वीरगञ्ज– चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौं– संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लाई युवा वर्ष घोषणा गरेको

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

दागले ‘घाउको काम’ गरेपछि वर्षालाई तनाव

काठमाडौं – नायिका वर्षा राउत स्टारर फिल्म ‘हर्ष’को बुधबार ललितपुरस्थित