नेपाल एयरलाइन्सको मलेसिया-काठमाडौं उडान रद्द « Khabarhub

नेपाल एयरलाइन्सको मलेसिया-काठमाडौं उडान रद्द


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल एयरलाइन्सको बुधबारका लागि निर्धारित मलेसियाको क्वालालम्पुर-काठमाडौं उडान रद्द भएको छ । थोरै यात्रु भएपछि उडान रद्द गरिएको एयरलाइन्सका अधिकारीहरुले यात्रुलाई जानकारी गराएका छन् ।

मलेसियाको स्थानीय समयअनुसार बिहान ६:१५ बजे उडान तोकिएको थियो । तर यात्रु थोरै भएको भन्दै रद्द भएको अधिकारीहरूले जानकारी दिएको यात्रुहरुले बताएका छन् ।

एयरलाइन्सले १५६ सिटको एयरबस ए३२० जहाजबाट यो रुटमा उडान गरिरहेको छ। आजको उक्त उडानका लागि २९ जना यात्रुको बोर्डिङ पास भएको थियो ।

थोरै यात्रु भएको भन्दै उडान रद्द गरेको एयरलाइन्सले २९ जना यात्रुलाई त्यहाँको होटलमा राखेको छ । यसका लागि एयरलाइन्सले २९ कोठा बुक गरेको छ। काउन्टरका अधिकारीहरूले भोलि बिहान उडान हुने जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  २ : २८ बजे

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन

फागुन २१ मेरो जीवनको पुनर्जन्म हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन

तनहुँमा किरियापुत्रीद्वारा मतदान

डुम्रे– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ ।

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी