३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित)  « Khabarhub

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३ प्रतिशत ‘समता शिक्षा सेवा शुल्क’ खारेज गर्न माग गरेका छन् ।

प्याब्सन, एन-प्याब्सन, हिसान र अपेनले सोमबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त शुल्क न्यायोचित नभएको र यसले अभिभावकलाई थप भार पारेको जनाएका हुन् । 

विज्ञप्तिमा उल्लेख गरिएका मुख्य बुँदाहरू यस प्रकार छन्: 

१. ३ प्रतिशत शिक्षा सेवा शुल्कको विरोध
संविधानले शिक्षालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको उल्लेख गर्दै विद्यालय सञ्चालकहरूले विद्यार्थीबाट असुल गरिने ३ प्रतिशत शुल्क अव्यवहारिक र अन्यायपूर्ण भएको बताएका छन् । निजी क्षेत्रले आफ्नै लगानीमा शैक्षिक पूर्वाधार र गुणस्तरमा योगदान दिइरहेको अवस्थामा यस्तो करले अभिभावकलाई दण्डित गरेको उनीहरूको ठहर छ । 

२. सहुलियतपूर्ण शैक्षिक ऋण र ‘पढ्दै कमाउँदै’ कार्यक्रम
उच्च शिक्षामा सबै वर्गको पहुँच सुनिश्चित गर्न धितो बिना नै सहुलियतपूर्ण ब्याजदरमा कम्तीमा १० लाख रुपैयाँसम्मको शैक्षिक ऋण उपलब्ध गराउन माग गरिएको छ । साथै, निजी क्षेत्रसँगको साझेदारीमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिइएको छ । 

३. शैक्षिक क्यालेण्डर र नीतिगत स्थिरता
सार्वजनिक बिदा वा विद्यालय सञ्चालनसम्बन्धी कुनै पनि निर्णय गर्दा सरोकारवालाहरूसँग पर्याप्त परामर्श गर्नुपर्ने माग विज्ञप्तिमा गरिएको छ । पटक-पटक हुने परिवर्तनले विद्यार्थीको सिकाई प्रक्रियामा प्रतिकूल प्रभाव पार्ने हुँदा, शैक्षिक सत्र वा परीक्षा प्रणालीमा गरिने नीतिगत परिवर्तन कम्तीमा ६ महिना अगावै सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ । 

४. शिक्षा नियमावलीको पुनरावलोकन
हालै संशोधन गरिएको शिक्षा नियमावली (दसौं संशोधन) का कतिपय प्रावधानहरूले व्यावहारिक जटिलता सिर्जना गरेको भन्दै त्यसलाई पुनरावलोकन गर्न आग्रह गरिएको छ । विशेषगरी विद्यालय व्यवस्थापन, अनुशासन र सामाजिक मूल्यसँग सम्बन्धित विषयमा सन्तुलन कायम हुनुपर्ने उनीहरूको धारणा छ । 

निजी क्षेत्रको योगदान र सहभागिताको खोजी
नेपाल सरकारको तथ्याङ्क उद्धृत गर्दै विज्ञप्तिमा देशभर १०,४७१ निजी विद्यालयमा करिब ३७ लाख ४१ हजार विद्यार्थी अध्ययनरत रहेको जानकारी दिइएको छ । निजी शिक्षा क्षेत्रले वार्षिक करिब १९५ अर्ब बराबरको उत्पादन र ६०० अर्बभन्दा बढीको स्थिर पूँजीमार्फत राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहेको दाबी गरिएको छ । 

शिक्षा ऐन, नियमावली र राष्ट्रिय पाठ्यक्रम तर्जुमा गर्दा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पनि सरकारसँग माग गरिएको छ । 

विज्ञप्तिमा अपेनका अध्यक्ष कृष्ण कुमार बोहरा, हिसानका अध्यक्ष युवराज शर्मा, एन-प्याब्सनका अध्यक्ष सुवास न्यौपाने र प्याब्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् । उनीहरूले निजी क्षेत्र सरकारको प्रतिस्पर्धी नभई सहयोगी र रणनीतिक साझेदार भएको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ३ : ०४ बजे

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो