नास्कोम र अमेरिकी व्यापारिक प्रतिनिधिमण्डलबीच भेटवार्ता « Khabarhub

नास्कोम र अमेरिकी व्यापारिक प्रतिनिधिमण्डलबीच भेटवार्ता


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको सफ्टवेयर तथा सेवा कम्पनीको राष्ट्रिय संघ नास्कोमका प्रतिनिधिले अमेरिकी व्यापारिक प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन् । अमेरिकाको राजधानी वाशिंटन डीसीमा नास्कोम र अमेरिकी सीईओ मञ्चका नेताहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुई देशका व्यापारिक प्रतिनिधिबीच द्विपक्षीय व्यापारलाई ५ खर्ब अमेरिकी डलर बराबर पु¥याउने सहमति भएको छ । दुई देशबीच व्यापार सम्झौता भएलगत्तै यस्तो भेटवार्ता भएको हो । वाशिंटन डीसीको क्यापिटोल हिलमा भएको भेटवार्ताका क्रममा कृत्रिम बुद्धिमत्ता एआई, आपूर्तिचक्र र रोजगारी सिर्जनाजस्ता विषयमा छलफल भएको इकोनोमिक टाइम्सले जनाएको छ ।

त्यसबाहेक ऊर्जा सुरक्षाबारे पनि दुई देशका व्यापारिक प्रतिनिधिमण्डलबीच छलफल भएको छ । भारतीय प्रविधिले अमेरिकी आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको नास्कोमले जनाएको छ ।

नास्कोमका अनुसार यस्ता कम्पनीले अमेरिकी कुल ग्राहस्थ उत्पादनमा १ खर्ब ३ अर्ब डलरको योगदान दिँदै आएका छन् । यस्ता कम्पनीले अमेरिकाका २५ राज्यमा ५ लाखभन्दा धेरै रोजगारी प्रदान गर्दै आएको जनाइएको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  २ : ५४ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको