‘भारतको स्वास्थ्य क्षेत्रमा लगानीको राम्रो वातावरण बन्दै गएको छ’ « Khabarhub

‘भारतको स्वास्थ्य क्षेत्रमा लगानीको राम्रो वातावरण बन्दै गएको छ’


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजी लगानी संस्था कुवाद्रिया क्यापिटलले बढ्दो आय र स्वास्थ्य सेवा पहुँचमा विस्तारका कारण भारतमा यस क्षेत्रमा लगानीको राम्रो वातावरण बन्दै गएको जनाएको छ । उक्त कम्पनीका दक्षिण एशिया प्रमुख सुनिल ठाकुरले भारतमा अझै स्वास्थ्य सेवाको आवश्यकता अझै अपूरो रहेको जनाएका छन् ।

क्रय क्षमता र पहुँचको अभावको मिश्रणले यस्तो अवस्था निम्तिएको उनको भनाइ छ । यद्यपि भारतीय जनताको आम्दानी बढेको छ । अमेरिकी लगानी व्यवस्थापक फ्राङ्कलिन टेम्पलटनका अनुसार सन् २०१० देखि २०२४ सम्म भारतीय नागरिकको प्रतिव्यक्ति आम्दानी दोब्बर भएर २ हजार ७ सय २९ पुगेको छ । सन् २०३१ सम्म यो बढेर ५ हजार २ सय ४२ सम्म पुग्ने अपेक्षा गरिएको छ ।

ठाकुरका अनुसार बढ्दो आम्दानी र सरकारले अघि सारेको बीमा कार्यक्रमले क्रय क्षमता र पहुँच बढाएको छ । ‘हामीले स्वास्थ्य सेवा पूर्वाधार ठूलो जनसङ्ख्यामाझ पुग्ने देख्न थालेका छौँ ।’ उनले भने ।

उनका अनुसार अहिले भारतका शहरी जनसङ्ख्या स्वास्थ्य सेवाप्रति बढी चनाखो हुन थालेका छन् । यद्यपि साना र मध्यम तहका शहरी क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढिरहेको छ ।

यसै कारण निजी लगानीकर्ताहरु भारतको स्वास्थ्य सेवातर्फ आकर्षित हुन थालेको जापानबाट प्रकाशित हुने निक्के एशियाले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ४ : ०६ बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक