कश्मीर पुगेर ईयूको टोलीले भन्यो– आतंकवाद विरुद्ध भारतको प्रयासप्रति समर्थन गर्छौं | Khabarhub Khabarhub

कश्मीर पुगेर ईयूको टोलीले भन्यो– आतंकवाद विरुद्ध भारतको प्रयासप्रति समर्थन गर्छौं


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– जम्मू–कश्मीरको दुई दिन भ्रमणमा रहेको युरोपियन युनियन (ईयू) का सांसदहरुको एक प्रतिनिधिमण्डलले स्थायी शान्ति तथा आंतकवादको अन्त्यका लागि भारतले गरेको प्रयासप्रति पूर्ण समर्थन रहेको जनाएको छ ।

ईयूका २३ सांसदको भ्रमण टोलीले बुधबार संयुक्त पत्रकार सम्मेलनमा आफूहरुको यो भ्रमणलाई गलत ढंगले हेरिएको भन्दै यसमा कुनै राजनीतिक सम्बन्ध नरहेको जनाए ।

आफूहरु यहाँको तथ्य जुटाउन मात्रै आएको जानकारी दिँदै ईयुको टोलीले आतंकवादबाट कुनै पनि देशलाई बर्बाद हुन नदिने बताए ।

भ्रमण प्रतिनिधिमण्डलकी सांसद थिएरी मारियानीले आफूहरु आतंकवादबाट पीडित बनेका कश्मीरको अवस्था बुझ्न आएको बताइन् ।

भारतीय मिडियाको एउटा वर्गले आफूहरुलाई नाजीवादीको आरोप लगाएको उल्लेख गर्दै उनले भनिन्, ‘यदि त्यसो हो भने जनताले हामीलाई चुन्ने थिएनन् ।’

भारतले जम्मू–कश्मीरलाई दिइएको विशेष अधिकारको कटौती गर्न संविधानको अनुच्छेद ३७० खारेज गरेयता ईयुको टोलीले त्यस क्षेत्रको भ्रमण पहिलो पटक गरेको हो ।

यता ईयुको टोलीलाई जम्मू–कश्मीरको भ्रमण गराएको प्रति विपक्षी दलका नेताहरुले भने सरकारको आलोचना गरेका छन् ।

यसैबीच, केन्द्र सरकारले भारतकै राजनीतिक दलका नेताहरुलाई कश्मीरको भ्रमणमा रोक लगाएको बताउँदै उनीहरुले विदेशी सांसदहरुलाई भने कसरी अनुमति दिइयो भनेर प्रश्न उठाएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ४ : ५८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी