कश्मीर पुगेर ईयूको टोलीले भन्यो– आतंकवाद विरुद्ध भारतको प्रयासप्रति समर्थन गर्छौं « Khabarhub

कश्मीर पुगेर ईयूको टोलीले भन्यो– आतंकवाद विरुद्ध भारतको प्रयासप्रति समर्थन गर्छौं


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– जम्मू–कश्मीरको दुई दिन भ्रमणमा रहेको युरोपियन युनियन (ईयू) का सांसदहरुको एक प्रतिनिधिमण्डलले स्थायी शान्ति तथा आंतकवादको अन्त्यका लागि भारतले गरेको प्रयासप्रति पूर्ण समर्थन रहेको जनाएको छ ।

ईयूका २३ सांसदको भ्रमण टोलीले बुधबार संयुक्त पत्रकार सम्मेलनमा आफूहरुको यो भ्रमणलाई गलत ढंगले हेरिएको भन्दै यसमा कुनै राजनीतिक सम्बन्ध नरहेको जनाए ।

आफूहरु यहाँको तथ्य जुटाउन मात्रै आएको जानकारी दिँदै ईयुको टोलीले आतंकवादबाट कुनै पनि देशलाई बर्बाद हुन नदिने बताए ।

भ्रमण प्रतिनिधिमण्डलकी सांसद थिएरी मारियानीले आफूहरु आतंकवादबाट पीडित बनेका कश्मीरको अवस्था बुझ्न आएको बताइन् ।

भारतीय मिडियाको एउटा वर्गले आफूहरुलाई नाजीवादीको आरोप लगाएको उल्लेख गर्दै उनले भनिन्, ‘यदि त्यसो हो भने जनताले हामीलाई चुन्ने थिएनन् ।’

भारतले जम्मू–कश्मीरलाई दिइएको विशेष अधिकारको कटौती गर्न संविधानको अनुच्छेद ३७० खारेज गरेयता ईयुको टोलीले त्यस क्षेत्रको भ्रमण पहिलो पटक गरेको हो ।

यता ईयुको टोलीलाई जम्मू–कश्मीरको भ्रमण गराएको प्रति विपक्षी दलका नेताहरुले भने सरकारको आलोचना गरेका छन् ।

यसैबीच, केन्द्र सरकारले भारतकै राजनीतिक दलका नेताहरुलाई कश्मीरको भ्रमणमा रोक लगाएको बताउँदै उनीहरुले विदेशी सांसदहरुलाई भने कसरी अनुमति दिइयो भनेर प्रश्न उठाएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ४ : ५८ बजे

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

झापा– एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको