कोशी प्रदेशसभामा थारु आयोगको प्रतिवेदन पेस « Khabarhub

कोशी प्रदेशसभामा थारु आयोगको प्रतिवेदन पेस


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा थारु आयोग, नेपालको सातौँ वार्षिक प्रतिवेदन, २०८१/८२ सभामा पेस भएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले पेस गरेको सो प्रतिवेदन सभाले स्वीकृति गरेको छ । स्वीकृत प्रतिवेदनलाई सभामुख अम्बरबहादुर विष्टले सामाजिक विकास समितिमा पठाउने घोषणा गरेका थिए ।

विशेष समय

विशेष समयमा नेपाली कांग्रेसका पूर्वमुख्यमन्त्री केदार कार्की र नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका तर्फबाट सपना दर्जीले सरकारलाई जनताको भावनाअनुसार काम गर्न सुझाव दिएका थिए । उनीहरूले सडक सदनभन्दा पनि बलियो भएकाले सरकारले सडकको आवाज सुन्नुपर्ने धारणा राखेका थिए । 

प्रदेशसभा नियमावली, २०७४ को नियम १३३ बमोजिम विषयगत समितिका सदस्यहरू मनोनयन भएको सभामुख विष्टले जानकारी दिएका थिए ।

शून्य समय

कोशी प्रदेशसभाका सदस्य मीन श्रेष्ठ, सिर्जना राई, किशोरचन्द्र दुलाल, रमेशकुमार बस्नेत र सुनिताकुमारी गच्छदार चौधरीले विविध विषयमा आ–आफ्ना धारणा राखेका थिए । अर्को बैठक फागुन १ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ७ : ०३ बजे

म्याग्दीको बिम गाउँमा पक्की पदमार्ग

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की

हुम्लामा पहिरोले घर गोठ बगायो

हुम्ला – हुम्लाको चंखेली गाउँपालिका–५ मा भीषण असिनापानीपछि आएको पहिरोले

सशस्त्रका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेलको

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

धौलागिरि अस्पतालमा पहिलो पटक सर्पदंशको उपचार

बागलुङ– धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको