चीनमा जैविक कारखानामा विष्फोट हुँदा आठ जनाको मृत्यु « Khabarhub

चीनमा जैविक कारखानामा विष्फोट हुँदा आठ जनाको मृत्यु


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तरी चीनको शाङ्शी प्रान्तमा रहेको एउटा जैविक कारखानामा विष्फोट हुँदा आठ जनाको ज्यान गएको छ । ग्लोबल टाइम्सका अनुसार शाङ्शी प्रान्तको शोउझोउमा रहेको कम्पनीमा विष्फोट भएको हो ।

जैविक कम्पनीको उत्पादन कारखानामा विष्फोट भएको जनाइएको छ । विष्फोटपछि घटनास्थलमा बाक्लो पहेँलो धुवाँको मुश्लो उडेको देखिएको थियो ।

घटनापछि कम्पनीका कानुनी प्रतिनिधिलाई नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धानका लागि स्थानीय प्रशासनले समिति गठन गरेको सिन्ह्वा समाचार संस्थाले उल्लेख गरेको छ ।

विष्फोटपछि उद्धारकर्मीले घटनास्थलको निरीक्षण गरेका थिए । विष्फोटका बेला घटनास्थलमा रहेका सबैको अवस्था सुनिश्चित गर्नका लागि निरीक्षण गरिएको बेइजिङ डेलीले जनाएको छ ।

खोजीका क्रममा पाँच जनाको शव फेला परेको थियो । विष्फोटनको कारणबारे अधिकारीले कुनै विवरण सार्वजनिक गरेका छैनन् । अधिकारीहरुले घटना भएको जैविक कम्पनीको नाम भने गोप्य राखेका छन् ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  १२ : २९ बजे

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई