अख्तियारसहित १० जनालाई ज्यान मार्ने धम्की दिने व्यक्तिविरुद्ध ६ मुद्दा, तीन दिन म्याद थप « Khabarhub

अख्तियारसहित १० जनालाई ज्यान मार्ने धम्की दिने व्यक्तिविरुद्ध ६ मुद्दा, तीन दिन म्याद थप


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूलाई एक्स्ट्रिमिस्ट ग्रुप या नेपाल इजिएनको अध्यक्ष बताइ आफ्नो इमेल आइडीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित १० जनालाई ज्यान मार्नेसम्मको धम्की दिने व्यक्तिमाथि आज ६ वटा मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले यसरी धम्की दिने काभ्रेपलान्चोक, तेमाल गाउँपालिका– १ घर भई हाल फिलिपिन्स बस्दै आएका वर्ष ३४ का प्रकाश पाठक रहेका र उनलाई इन्टरपोलमार्फत पक्राउ गरी नेपाल ल्याइएको जानकारी दिए । 

उनका अनुसार उनलाई फिलिपिन्सबाट आजै काठमाडौँ ल्याइ काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको पनि भट्टराईले बताए।

उनीविरुद्ध केही सार्वजनिक अपराध, ठगीसम्बन्धी कसूर, आपराधिक लाभ लिन नहुने र आपराधिक षड्यन्त्र गर्न नहुनेलगायतका कसूरमा ६ वटा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ । 

उनले सन् २०२५ अक्टोबर २२ मा आफूले प्रयोग गर्ने इमेल आइडीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्तलगायत अन्य १० जना उपर ज्यान मार्नेसम्मको धम्की दिएका थिए ।

 त्यसपछि प्रहरीले खोजीको सूचीमा राखेको थियो । प्रहरीको इन्टरपोलमार्फत फिलिपिन्सको इन्टरपोलसँग समन्वय गरी उनलाई नेपाल झिकाइएको थियो ।
 

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ७ : ५५ बजे

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८