दमौली अस्पतालमा रेबिज भ्याक्सिन अभाव « Khabarhub

दमौली अस्पतालमा रेबिज भ्याक्सिन अभाव


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- जिल्लाको सदरमुकामस्थित एक मात्र सरकारी अस्पतालमै रेबिज भ्याक्सिन अभाव भएको छ । दमौली अस्पतालमा विगत केही महिनादेखि रेबिज भ्याक्सिन अभाव भएको हो ।

सरकारी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन निःशुल्क उपलब्ध हुने भएपनि अस्पतालमा भ्याक्सिन नहुँदा कुकुरले टोकेका बिरामीले निजी अस्पतालमा महङ्गो शुल्क तिरेर उपचार गराउनुपर्ने बाध्यता आएको छ । व्यास नगरपालिका–१ हाईस्कूलटारका एक व्यक्तिलाई मङ्गलबार कुकुरले टोकेपछि दमौली अस्पतालमा लैजाँदा स्वास्थ्यकर्मीले रेबिज भ्याक्सिन नभएको बताएको स्थानीयवासी सनम तामाङले जानकारी दिए ।

“साथीलाई कुकुरले टोकेपछि सरकारी अस्पतालमा रेबिज विरुद्धको सुइँ लगाउन लगेको थिएँ,” तामाङले भने, “स्वास्थ्यकर्मीले अस्पतालमा छैन भनेर निजी अस्पताल सिफारिस गरिदिए ।” सरकारी अस्पतालमै रेबिज विरुद्धको भ्याक्सिन नहुँदा सर्वसाधारणले महङ्गो शुल्क तिरेर निजी अस्पतालबाट उपचार गराउनुपर्ने बाध्यता रहेको तामाङले गुनासो गरे ।

दमौली अस्पतालमा दैनिक पाँच/दश जना बिरामी रेबिज विरुद्धको भ्याक्सिन लगाउन आउने गरेका छन् । निजी स्वास्थ्य संस्थाले रेबिज विरुद्धको भ्याक्सिनको रु ५०० देखि ६०० सम्म लिने गरेका छन् । कुकुरले टोकेका घाइतेलाई चिकित्सकको सल्लाहमा आवश्यकता अनुसार चारदेखि पाँचवटा भाइल एन्टि रेबिज भ्याक्सिन लगाउनुपर्ने हुन्छ ।

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालमा रेबिज भ्याक्सिन अभाव भएपनि कहिलेदेखि अभाव भयो भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सुनिल पौडेललाई सम्पर्क गर्न आग्रह गरे । यस विषयमा प्रतिक्रिया लिन मेडिकल सुपरिटेण्डेट डा. पौडेललाई पटक–पटक फोन गर्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ६ : २८ बजे

नयाँ हुनुको अर्थ विगतबाट अलग हुनु होइन : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा

विपक्षीलाई सभामुखको जवाफ : प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनु भएको छ

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा आएर जवाफ

प्रतिनिधिसभा : विकास निर्माणका लागि समानुपातिक बजेटको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने विभिन्न दलका

इरानले अमेरिकामाथि लगायो ‘युद्ध अपराध’ गरेको आरोप

तेहरान– इरानले फार्स प्रान्तको लामर्डस्थित खेलकुद हलमा भएको भनिएको क्षेप्यास्त्र

एक वर्षमा ५२३ विदेशी नागरिक निष्कासित

काठमाडौं– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (FNMIS) प्रभावकारी