‘विकल्प नै खोजिएको हो भने नेतृत्व र नीति दुवैमा कांग्रेस नयाँ भएर आएको छ’ « Khabarhub

‘विकल्प नै खोजिएको हो भने नेतृत्व र नीति दुवैमा कांग्रेस नयाँ भएर आएको छ’


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा भोट दिन्छु भनेमा त्यो आफूहरू नै भएको बताएका छन् ।

सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो । कांग्रेस विरासतलाई बोकर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ ।’

उनले अबको देश युवाहरूको काँधमा रहेको बताउँदै युवाहरूलाई देखेपछि खुशी लागेको बताए । युवाहरूले नै यो देश हाँक्ने भएकाले सक्रिय सहभागी हुनुपर्ने उनले बताए ।

उनले भने, ‘सधैँ अरूले भन्ने गर्थे खै युवाहरू कहाँ छन् । तर आज यहाँ धनकौलमा युवाहरू खासगरी जेन-जी पुस्ता देखेपछि धेरै खुशी भएको छु । उहाँहरूको विचार र क्षमताको म कदर गर्न चाहन्छु ।’

थापाले अहिले मधेशको जग बलियो बनाउन शिक्षा जरूरी रहेको बताए । त्यसअघि भोटमार्फत् युवाहरूले जिताउनु पर्ने उनको भनाइ छ।

उनले भने, ‘अहिले सर्लाही लगायत मधेशका जिल्लामा शिक्षा, स्वास्थ्य र सिचाइँ मुख्य समस्या हो । यहाँको जग नै बलियो बनाउनु छ । त्यसका लागि युवाहरूले एकजना बराबर पाँचजना परिवारलाई बुझाउनुपर्ने स्थिति छ कांग्रेसबारे । तपाईं युवाहरूले यसबारे जिम्मा लिनुपर्छ। मैले मेरो टिमसँग पनि यही भनेको छु ।’

उनले अब कांग्रेसले घोषणा पत्रमा पनि सर्लाहीको मागबारे ल्याउने तयारी भइरहेको बताए । ‘त्यसमा सर्लाहीका समस्या कांग्रेसको संकल्पपत्रमा रहोस् भनेर म आज काठमाडौं जाँदैछु । म फेरि आउनेछु’, उनले भने ।

उनले कांग्रेस पार्टीसँग देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले सर्लाही मात्रै होइन, देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गरे ।

‘देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ’, उनले भने, ‘प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ । त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ ।’

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ४ : १० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको