देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा « Khabarhub

देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

तानसेन– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्ने बताएको छ । 

आज नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस बदलिएर आएकाले अब देश बदल्ने जनताको सपना कांग्रेसले नै साकार पार्ने बताएका हुन् । 

‘हामी बदलिँदै गर्दा जनताको सपना बदल्छौँ’, उपसभापति शर्माले भने, ‘जेन-जीको  ‘मुभमेन्ट’ पछि साँच्चिकै बदलिएको पार्टी नै नेपाली कांग्रेस हो, हामीले देश बदल्ने तागत राख्छौँ ।’ 

कांग्रेसले यस पटकको निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमध्ये १०६ जना उम्मेदवारहरू नयाँ उठाएको उनले बताए । यस पटक विगतको भन्दा महिला र दलित समुदायबाट धेरै उम्मेदवारको प्रतिनिधित्व भएको नेता शर्माको दाबी छ । 

सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंह, पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद नेपाल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनाललगायतले आफ्ना धारणा राखेका थिए  ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ७ : २५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली