खप्तड जोड्ने पुल बन्दा स्थानीयबासी खुसी « Khabarhub

खप्तड जोड्ने पुल बन्दा स्थानीयबासी खुसी


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– जिल्लाको खप्तड छान्ना गाउँपालिका जोड्ने जडारीगाडमा पर्यटकीयस्थल खप्तड जोड्ने पक्की पुल निर्माण शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।

चालिस मिटर लामो सो पुल शिलान्यास पछि निर्माण पनि शुरु गरिएकाले यहाँका बासिन्दामा खुशियाली छाएको हो । धार्मिक एवं पर्यटकीय दृष्ट्रिले महत्वपूर्ण मानिएको यो क्षेत्रमा बाह्य र आन्तरिक पर्यटकलाई भित्र्याउन सके आर्थिक विकासमा पनि टेवा पुग्ने अनुमान स्थानीयवासी बताउँछन् ।

वर्षौंदेखि पक्की पुल नहुँदा स्थानीयवासीले समस्या झेलीरहेका थिए । उक्त पुल निर्माणका लागि गएको वैशाखमा खम्पाचेटी टिडिआर जेबीले रु छ करोड ४२ लाखको लागतमा निर्माण गर्ने ठेक्का पाएको थियो । सो पुल दुई वर्षभित्र निर्माण गरिने भएको छ ।

दुई वर्षदेखि कष्टका साथ काठेपुलमा सवारीसाधन गुडाउने गरिएको स्थानीयवासी दर्षन खड्काले बताए । “पुल निर्माणको काम शुरु भएपछि निकै खुुशी भएको छु, ” उनले भने, “पक्की पुल नहँुदा हामीले निकै दुःख पाएका थियौँ ।”

खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले कामको कडा निगरानीका साथ छिटोभन्दा छिटो निर्माण गर्न पहल गर्ने बताए ।

ठेकेदार शेरबहादुर खड्काले भने, “छान्ना मेरो स्थानीय ठाउँ पनि हो, आवश्यक सामान र उपकरणसमेत तयार पारी काम शुरु गरिसकेको छु, अबको दुई वर्षभित्र जसरी पनि पुल निर्माण गर्ने प्रयासमा छु ।” पुलका लागि खाल्डा खन्ने कामसमेत बुधबारदेखि शुरु गरिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  २ : ५७ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी