बालबालिकामा देखिने क्यान्सर समयमै उपचार गरे निको हुने सम्भावना उच्च : डब्लुएचओ « Khabarhub

बालबालिकामा देखिने क्यान्सर समयमै उपचार गरे निको हुने सम्भावना उच्च : डब्लुएचओ


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरी उपचार गर्न सके निको हुने सम्भावना उच्च रहने विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।

बालबालिकामा हुने क्यान्सर सम्बन्धी जनचेतनामूलक सन्देश जारी गर्दै डब्लुएचओ ले बाल्यकालमा देखिने क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाएर उपचार गरे ८० प्रतिशतभन्दा बढी बालबालिका निको हुन सक्ने उल्लेख गरेको हो ।

डब्लुएचओका अनुसार बालबालिकामा मुख्य रूपमा रगतको क्यान्सर (ल्युकेमिया), मस्तिष्कको क्यान्सर, लिम्फोमा, न्युरोब्लास्टोमा, विल्म्स ट्युमर लगायतका क्यान्सर देखिने गर्दछन् । यस्ता रोगको समयमै पहिचान र उपचारले बालबालिकाको जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।

संस्थाले बालबालिकामा हुने क्यान्सरका उपचार सरकारी अस्पतालमा समेत उपलब्ध रहेको र उपचार सेवा विस्तारका लागि आवश्यक व्यवस्था भइरहेको जनाएको छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार बालबालिकामा असामान्य लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा जाँच गराउनु आवश्यक हुन्छ। समयमै निदान र उपचारले मृत्यु दर घटाउन र बालबालिकाको जीवन सुरक्षित बनाउन मद्दत गर्ने डब्लुएचओको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले बालबालिकामा हुने क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्न र समयमै उपचारमा पहुँच सुनिश्चित गर्न सबै सरोकारवालालाई सहकार्य गर्न पनि आह्वान गरेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १ : २६ बजे

म्याग्दी मङ्गलाका किसानलाई कृषि औजार वितरण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई एक

झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानीखेती

स्याङ्जा– स्याङ्जाका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिक

परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प

झापा- भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण

चिनियाँ र रुसी राष्ट्रपतिबीच वार्ता, कस्तो छ दुई नेताको सम्बन्ध?

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर

नीति र कार्यक्रमको आलोकमा ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’

काठमाडौँ- मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा हेरिएको ऊर्जा