स्वास्थ्य बीमामा डिजिटल फड्को : खर्च विवरण अब मोबाइलमै « Khabarhub

स्वास्थ्य बीमामा डिजिटल फड्को : खर्च विवरण अब मोबाइलमै


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितहरूको सहजता, पारदर्शिता र सूचनामा पहुँच विस्तार गर्ने उद्देश्यले  ‘एच आइ बी अर्लट’ नामक नयाँ डिजिटल सूचना सेवा सुरु गरेको छ । 

यस प्रणालीमार्फत अब बीमितहरूले आफ्नो स्वास्थ्य बीमा खाताबाट भएको खर्च तथा दाबी (क्लेम) सम्बन्धी विवरण मोबाइलमा एसएमएस मार्फत प्राप्त गर्न सक्नेछन् ।

बोर्डका अनुसार  एच आइ बी अलर्ट प्रणाली लागू भएसँगै बीमितले आफ्नो बीमा खाताबाट अस्पतालमा गरिएको उपचार, खर्च गरिएको रकम तथा दाबी प्रक्रियासम्बन्धी जानकारी तुरुन्तै मोबाइलमा पाउनेछन् । यसले बीमा सेवामा पारदर्शिता बढाउनुका साथै सम्भावित अनियमितता नियन्त्रण गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बोर्डले यो सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न बीमितहरूको मोबाइल नम्बर अद्यावधिक हुनु अनिवार्य रहेको जनाएको छ । हालसम्म आफ्नो मोबाइल नम्बर अद्यावधिक नगरेका बीमितहरूले सम्बन्धित जिल्लामा रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालयमा सम्पर्क गरी विवरण अद्यावधिक गर्न आग्रह गरिएको छ ।

यसमा मिल्ने शीर्षक के होला  ? 

स्वास्थ्य बीमा बोर्डले डिजिटल प्रणालीको प्रयोग विस्तार गर्दै बीमितमैत्री सेवा प्रदान गर्ने रणनीति अन्तर्गत यो सेवा सुरु गरेको जनाएको छ ।

यसबाट बीमितहरूले आफ्नो बीमा प्रयोगको विवरणबारे तुरुन्त जानकारी पाउने, सेवा प्रवाहमा विश्वास बढ्ने र प्रणाली अझ पारदर्शी बन्ने विश्वास बोर्डले लिएको छ।

यो प्रणालीले स्वास्थ्य बीमा कार्यक्रमलाई थप विश्वसनीय, उत्तरदायी र सेवाग्राहीमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ४ : ३६ बजे

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३