नख्खु जेलबाट फरार जबरजस्ती करणीका दोषी पक्राउ, पाएका थिए १२ वर्षको सजाय « Khabarhub

नख्खु जेलबाट फरार जबरजस्ती करणीका दोषी पक्राउ, पाएका थिए १२ वर्षको सजाय


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

ललितपुर- जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका एक कैदी नख्खु कारागारबाट फरार भएपछि प्रहरीले पुनः पक्राउ गरेको छ।

प्रहरीका अनुसार भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा कारागार कार्यालय नख्खु, ललितपुरबाट भागेका अशोक भन्ने अनिष भुजेललाई आइतबार साँझ करिब ५:४५ बजे लगनखेल बसपार्कबाट पक्राउ गरिएको हो। गोप्य सूचनाका आधारमा खोजतलास गर्दा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

भक्तपुर जिल्ला अदालत को २०७९ असार २२ गतेको फैसलाअनुसार भुजेललाई १३ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १२ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकिएको थियो।

दोलखा शैलुङ गाउँपालिका–७ फस्कु घर भई हाल ललितपुर महानगरपालिका–९ भोलढोका बस्दै आएका २२ वर्षीय भुजेललाई पक्राउपछि पुनः कारागार कार्यालय नख्खु पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ७ : १७ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्