लमजुङमा विश्वप्रकाश शर्माले भने, ‘आसन, भाषण र शासनमा सुधार गर्छौं’ « Khabarhub

लमजुङमा विश्वप्रकाश शर्माले भने, ‘आसन, भाषण र शासनमा सुधार गर्छौं’


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ- निर्वाचन प्रचार अभियानको पहिलो दिन नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन, भाषण र शासनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लमजुङमा आयोजित खुला सभालाई सम्बोधन गर्दै उनले बदलिएको कांग्रेसले अब देशको राजनीतिक संस्कारमै परिवर्तन ल्याउने बताए।

कुनै पनि व्यक्ति सत्तामा निरन्तर बसिरहने परम्परा अन्त्य गर्न संविधानमै ‘१/२/३/४’ नीति अंकित गर्ने उल्लेख गर्दै उनले अब उप्रान्त प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी हुन नपाउने व्यवस्था गरिने धारणा राखे।

उनले चुनावी मैदानमा गालीगलौजभन्दा प्रेम र सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। स्वस्थ आलोचना स्वाभाविक भए पनि एकअर्कालाई गाली गरेर राजनीति स्वस्थ नहुने उनले बताए। चुनाव जित्ने नाममा असम्भव आश्वासन बाँडेर समाजमा निराशा फैलाउने काम नगर्न पनि उनले आग्रह गरे।

देशको शासन प्रणालीमा आवश्यक सुधारका विषयमा कांग्रेसले गहिरो अध्ययन गरिसकेको दाबी गर्दै उनले युवापुस्ताको विद्रोही भावनाअनुसार सुधार, परिमार्जन र समग्र परिवर्तन सम्भव बनाउने बताए। ‘देश जान्दछ कांग्रेस बदलिएको छ, र जो बदलिन सक्छ उसैले बदल्न सक्छ,’ उनले भने।

त्यस अवसरमा कांग्रेस लमजुङ जिल्ला कार्यालय भवन उद्घाटन तथा बीपी कोइरालाको सालिक अनावरण पनि गरिएको थियो।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ७ : २८ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा