गाडीबाट ओर्लिएर पैदलयात्रीलाई मुक्का बर्साउने चालक समातिए « Khabarhub

गाडीबाट ओर्लिएर पैदलयात्रीलाई मुक्का बर्साउने चालक समातिए


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सडकमा हिँडिरहेका कमजोर शारीरिक अवस्थामा एकजना वृद्धलाई गाडीबाट ओर्लिएर मुक्का बर्साउने पुरूष समातिएका छन्।

काठमाडौंको चप्पल कारखानानजिकै चक्रपथमा आफूलााई मुख छाडेको भन्दै वृद्धमाथि मुक्का बर्साउने ती पारस बम नामका व्यक्तिलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार बिहानैदेखि वृद्धमाथि मुक्का बर्साएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि दबाब बढेको थियो ।

सडकमा हिँडिरहेका एक वृद्धलाई ती जीप चालकले पटक पटक मुक्का हानेको भिडियोले सामाजिक सञ्जाल तातेपछि प्रहरीलाई तनाव भएको थियो ।

उक्त भिडियोमा एकजना अधवैंशे बा.३ च ११०३ नम्बरको जीपबाट झरेर हिँडिरहेका ती वृद्धमाथि गाली गर्दै हातपात गरेका देख्न सकिन्छ। 

‘ए जँडिया के भन्या ओई तैँले,’ भन्दै ती चालकले वृद्धको टाउकोमा मुक्का हानेका थिए । चालकसँगैकी महिला पनि वृद्धलाई गाली गर्दै खनिएकी थिइन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई सडकमा वृद्ध कुट्नेलाई नियन्त्रणमाा लिएको पुष्टि गरे । उनका अनुसार पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले नियनणमा लिएको हो।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ४ : २१ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको