गाडीबाट ओर्लिएर पैदलयात्रीलाई मुक्का बर्साउने चालक समातिए « Khabarhub

गाडीबाट ओर्लिएर पैदलयात्रीलाई मुक्का बर्साउने चालक समातिए


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सडकमा हिँडिरहेका कमजोर शारीरिक अवस्थामा एकजना वृद्धलाई गाडीबाट ओर्लिएर मुक्का बर्साउने पुरूष समातिएका छन्।

काठमाडौंको चप्पल कारखानानजिकै चक्रपथमा आफूलााई मुख छाडेको भन्दै वृद्धमाथि मुक्का बर्साउने ती पारस बम नामका व्यक्तिलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार बिहानैदेखि वृद्धमाथि मुक्का बर्साएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि दबाब बढेको थियो ।

सडकमा हिँडिरहेका एक वृद्धलाई ती जीप चालकले पटक पटक मुक्का हानेको भिडियोले सामाजिक सञ्जाल तातेपछि प्रहरीलाई तनाव भएको थियो ।

उक्त भिडियोमा एकजना अधवैंशे बा.३ च ११०३ नम्बरको जीपबाट झरेर हिँडिरहेका ती वृद्धमाथि गाली गर्दै हातपात गरेका देख्न सकिन्छ। 

‘ए जँडिया के भन्या ओई तैँले,’ भन्दै ती चालकले वृद्धको टाउकोमा मुक्का हानेका थिए । चालकसँगैकी महिला पनि वृद्धलाई गाली गर्दै खनिएकी थिइन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई सडकमा वृद्ध कुट्नेलाई नियन्त्रणमाा लिएको पुष्टि गरे । उनका अनुसार पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले नियनणमा लिएको हो।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ४ : २१ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो