विश्वकपमा दीपेन्द्रको सम्झनायोग्य ब्याटिङ : दुई अर्धशतकसहित सर्वाधिक १६९ रन « Khabarhub

विश्वकपमा दीपेन्द्रको सम्झनायोग्य ब्याटिङ : दुई अर्धशतकसहित सर्वाधिक १६९ रन

अन्तिम खेलमा प्लेयर अफ द म्याच बनेपछि भने– सबैभन्दा पहिला दर्शकलाई धन्यवाद


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई सात विकेटले पराजित गरेको हो। नेपालले विश्वकपमा १२ वर्षपछि जित हासिल गरेको हो। यसअघि सन् २०१४ मा बङलादेशमा भएको विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो।

स्कटल्याण्डले जितका लागि दिएको १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५० रन जोडे। ऐरीको यो विश्वकपमा लगातार दोस्रो अर्धशतक हो।

यसअघि उनले वेस्ट इन्डिजविरुद्ध अर्धशतक बनाएका थिए। उनी यो विश्वकपमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यानसमेत बनेका छन्। उनले चार खेलमा १६९ रन बनाउँदा १३ चौका र सात छक्का प्रहार गरे।

यसअघि ऐरीले पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध २९ बलमा ४४ रन बनाउँदा दोस्रो खेलमा इटालीविरुद्ध १८ बलमा १७ रन थपेका थिए भने वेस्ट इन्डिजविरुद्ध अर्धशतक बनाउँदै ४७ बलमा ५८ रन पूरा गरेका थिए।

उनले अन्तिम खेलमा प्लेयर अफ द म्याच बनेपछि सबैभन्दा पहिला दर्शकलाई धन्यवाद दिएका छन् । उनले भने, ‘नेपालको जितका लागि उत्साह भर्ने दर्शकलाई सबैभन्दा पहिला धन्यवाद दिन्छु ।’

अन्तिम खेलमा नेपालको जितका लागि गुल्सन झाले अविजित २४ रन जोडे। ओपनर कुशल भुर्तेलले ३५ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४३ रन बनाए भने ओपनर आसिफ शेखले २७ बलमा २ छक्का प्रहार गर्दै ३३ रन बनाए। कप्तान रोहित पौडेलले १६ रन जोडे।

बलिङमा स्कटल्याण्डका माइकल लिस्कले तीन विकेट लिए। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो।

स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे। उनले ४५ बलमा आठ चौका र ३ छक्काको सहयोगमा ७१ रनको योगदान दिए। जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे।

बलिङतर्फ नेपालका सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए। रोहित पौडेल र कुशल भुर्तेलले समान १/१ विकेट लिएका थिए।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ६ : ३९ बजे

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना

काठमाडौँ महानगरभित्र १९ सय सहकारी सञ्चालनमा, ५० प्रतिशतले पनि बुझाउँदैनन् प्रतिवेदन

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी