चुनाव नजिकिँदै गर्दा संस्थापक नेताले छाड्न थाले रास्वपा « Khabarhub

चुनाव नजिकिँदै गर्दा संस्थापक नेताले छाड्न थाले रास्वपा


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पक्षमा चुनावी लहर आएको दाबी गरिरहँदा पछिल्लो दिनमा भने सो पार्टी छाड्नेको संख्या पनि बढ्न थालेको छ । रास्वपा निर्माण गर्ने र नयाँको बीचमा अन्तरविरोध बढ्दै जाँदा हिजो रास्वपा निर्माण गर्नेहरू बाहिरिन लागेको देखिएको हो ।

बुधबार मात्रै रास्वपाको मधेस प्रदेश समितिको संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् । उनले संगठनमा योगदान गरेकाहरूको मूल्यांकन नभएको र आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको भन्दै पार्टी परित्याग गरेकी हुन् । 

त्यस्तै, बुधबार नै ०७९ मा रास्वपाको तर्फबाट उम्मेदवार बनेकी काठमाडौंकी खेमकुमारी भुर्तेलले पनि पार्टी परित्याग गरेकी छिन् । उनले पनि ममता शर्माले जस्तै आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि आँच आउने परिस्थिति बनेको भन्दै पार्टी परित्याग गरेकी हुन् ।

यस्तै रास्वापा सभापति रवि लामिछानेका विश्वास पात्रको रूपमा चिनिएका डा. प्रणय शमशेर राणाले माघ २९ गते प्रेस विज्ञप्ति जारी गर्दै पार्टी विधानअनुसार नचलेको र आर्थिक अपारदर्शिताको अवस्था कायम रहेको आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए । उनले पार्टीमा ‘प्राइमरी इलेक्सन’ गर्ने भनिएपनि ५० प्रतिशत चलखेलको बाटो राखिएको उल्लेख गरेका छन् । 

नेता राणाले पार्टी छाडे लगत्तै रास्वपा निकटको प्रवास नेपाली सम्पर्क समिति अमेरिकाका संस्थापक सभापति तथा हालका केन्द्रीय सदस्य डिल्ली पौडेलले पनि सो पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पार्टीका सभापति रवि लामिछानेमाथि एक पछि अर्को काण्ड थपिँदै जाँदा रास्वपामा राम्रो पहिचान बनाएका संस्थापक नेता सन्तोष परियार र सुमना श्रेष्ठले पनि केही समय अघि नै पार्टी छाडिसकेका छन् । जसमध्ये परियार अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्को जिम्मेवारीमा छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  १२ : २६ बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह