एमाले उम्मेदवार र नेताहरूलाई ओलीको निर्देशन : भ्रम चिर्दै जनताको घरघरमा पुग्नू « Khabarhub

एमाले उम्मेदवार र नेताहरूलाई ओलीको निर्देशन : भ्रम चिर्दै जनताको घरघरमा पुग्नू


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको घर घर पुग्न पार्टीका उम्मेदवारलाई निर्देशन दिएका छन् ।

फागुन २१ का लागि घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा एमाले अध्यक्ष ओलीले पार्टीका मूलभूत एजेन्डा लिएर जनताको घर घरमा पुग्न सबै उम्मेदवार र नेतालाई निर्देशन दिएका हुन् ।

काठमाडौं फर्किने क्रममा झापाको बिर्तामोडस्थित होटल हेभनमा बोलाएर ओलीले जनस्तरका भ्रम चिर्ने गरी जनताका घरमा पुग्न उम्मेदवार र अगुवा नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उम्मेदवार र अगुवा नेता कार्यकर्ताको छलफलमा सहभागी झापा क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटीका संयोजक मनोज ताम्लीले परिणाम निकाल्ने गरी लाग्न अध्यक्ष ओलीले निर्देशन दिएको बताए।

‘सबै नेता कार्यकर्ता परिणाम निकाल्ने गरी निर्वाचनमा खटिनुपर्छ’, अध्यक्ष ओलीको भनाइ उल्लेख गर्दै संयोजक ताम्लीले भने, ‘जनस्तरमा रहेका भ्रम चिर्न जनताका घर-घरमा पुग्न पनि उहाँको विशेष निर्देशन छ ।’

छलफलमा झापाका सबै क्षेत्रका उम्मेदवारहरू सहभागी थिए । यसबाहेक निर्वाचन परिचालन कमिटीका संयोजकहरू पनि अध्यक्ष ओलीसँगको छलफलमा सहभागी भए । उनीहरूले निर्वाचन परिचालनका विषयमा भइरहेको प्रगतिबारे अध्यक्ष ओलीलाई रिपोर्टिङ गरे ।

ओलीसँगको छलफलमा उम्मेदवारहरूले सामाजिक सञ्जालमा देखिए जस्तो अरू पार्टीको पक्षमा जनमत नरहेको प्रतिक्रिया दिएका छन् ।

चुनावी प्रचार अभियानका सिलसिलामा भएका नियमित भेटघाट र बैठकहरूमा समेत मतदाताले एमालेको पक्षमा खुलेर समर्थन गरेको बताउँदै उनीहरूले त्यसबाट सकारात्मक परिणाम प्राप्त हुने विश्वास दिलाएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ४ : ५० बजे

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते

युक्रेन– युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा  दुई

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी र

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

बागमती– सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया

झापामा ‘स्विप अपरेसन’ एक सय अट्ठाइस जना पक्राउ

झापा– लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

काठमाडौं– आजदेखि काठमाडौँमा सुरु भएको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा