मधेसका प्रदेश प्रमुख कर्णद्वारा प्रजातन्त्र दिवसको शुभकामना « Khabarhub

मधेसका प्रदेश प्रमुख कर्णद्वारा प्रजातन्त्र दिवसको शुभकामना


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक मूल्य र मान्यता सुदृढ गर्न आह्वान गरेका छन् ।

आज दिएको शुभकामना सन्देशमा उनले निरङ्कुश जहानियाँ शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

विसं २००७ को क्रान्तिले स्थापना गरेको प्रजातन्त्रको जगमा उभिएर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको उल्लेख गर्दै उनले लोकतन्त्रलाई अझ समावेशी र जीवनमुखी बनाउन सबैको साझा प्रतिबद्धता आवश्यक रहेकामा जोड दिए ।

प्रदेश प्रमुख कर्णले मधेस बलिदानी भूमिको रूपमा सधैँ न्याय, समानता र पहिचानका पक्षमा अग्रपङ्क्तिमा उभिँदै आएको उल्लेख गर्दै प्रदेशको सांस्कृतिक विविधता र सामाजिक सद्भावलाई सुदृढ गर्दै समतामूलक समाज निर्माणमा एकताबद्ध हुन आग्रह गरे । 

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउँदै उनले निर्वाचनमा विवेकपूर्ण र सक्रिय सहभागिता जनाउन सबैमा अनुरोध गरे । 

प्रदेश प्रमुख कर्णले लोकतन्त्रले दिएको अधिकारसँगै नागरिक दायित्वसमेत इमानदारीपूर्वक पालना गर्नुपर्नेमा जोड दिए । उनले प्रजातन्त्र दिवसले आपसी सद्भाव, भ्रातृत्व र विकासको साझा सङ्कल्पलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १२ : ४४ बजे

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा