प्राविधिक शिक्षाका विद्यार्थीलाई २० लाख निर्ब्याजी ऋण र पारिश्रमिकसहितको इन्टर्नसिप « Khabarhub

एमालेको चुनावी घोषणापत्र

प्राविधिक शिक्षाका विद्यार्थीलाई २० लाख निर्ब्याजी ऋण र पारिश्रमिकसहितको इन्टर्नसिप


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमार्फत प्राविधिक तथा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।

घोषणापत्र अनुसार प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई सहज रूपमा निर्ब्याजी ऋण उपलब्ध गराइनेछ । यसबाट प्राविधिक शिक्षा अध्ययनमा आर्थिक अभावका कारण हुने अवरोध हटाउने र दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, सरकारी सेवा, निजी क्षेत्रका व्यवसाय तथा अध्यापन क्षेत्रमा न्यूनतम पारिश्रमिकसहित इन्टर्नसिपको व्यवस्था गरिने एमालेले जनाएको छ । यस कार्यक्रमले विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक अनुभव प्राप्त गर्न, सीप विकास गर्न र रोजगारीको अवसर विस्तार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

एमालेले शिक्षा र रोजगारीबीचको सम्बन्धलाई सुदृढ गर्दै युवालाई दक्ष, आत्मनिर्भर र प्रतिस्पर्धी बनाउने लक्ष्य घोषणापत्रमार्फत अघि सारेको जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  २ : ०३ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा