जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार « Khabarhub

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी गम्भीर घाइते भएका निर्वाचन प्रहरीलाई नेपाली सेनाको हेलिकोप्टरमा उद्धार गरी नेपालगन्ज लगिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका हिमा गाउँपालिका–२ का २१ वर्षीय धमेन्द्र रोकायालाई हेलिकोप्टरबाट नेपालगन्ज लगिएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गुठिचौर–४ का ७० वर्षीय रत्न शाहीलाई समेत थप उपचारका सोही हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ ।

सदरमुकाम खलङ्गा बजारबाट कालिकोटको नाग्म बजारतर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको जिप दुर्घटना भएको हो । उक्त दुर्घटनामा सात जना घाइते भएका थिए ।
प्रहरी नायव उपरीक्षक रेग्मीका अनुसार अन्य घाइते तिला गाउँपालिका–१ की ३५ वर्षीया मेनुका बुढा, पातारासी गाउँपालिका–४ की २१ वर्षीया माया नेपाली, तिला–२ का २१ वर्षीय पारस रावत, तातोपानी–३ की ४८ वर्षीया कुनी सुनार, तातोपानी–२ का जिप चालक लोकेश खड्का र निर्वाचन प्रहरी तिला–२ का टेकेन्द्र रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १० : १७ बजे

लिपुलेक हुँदै मानसरोबर यात्राको विरोधमा भारत र चीनलाई नेपालको पत्र

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्र हुँदै भारत र चीनबीच

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश

अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी

इस्लामावाद – पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका–इरान

सुकुम्वासी उठिबासका साक्षी जेष्ठ नागरिक भन्छन्, धनीमानी अर्को ठाउँमा बस्छन्, गरिबले दुःख पाए

काठमाडौं- बालेन सरकारको डोजर आइतबार काठमाडौंस्थित अनामनगर देवीनगर टोलमा पुग्यो

देशका विभिन्न भागमा आगलागी, लाखौंको क्षति

काठमाडौं – देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२