अस्पतालले लुकायो प्रधानमन्त्रीको स्वास्थ्य जाँचको रिपोर्ट « Khabarhub

अस्पतालले लुकायो प्रधानमन्त्रीको स्वास्थ्य जाँचको रिपोर्ट


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य जाँचको सबै रिपोर्ट बारे भन्न नमिल्ने अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलन गर्दै अस्पतालले स्वास्थ्य अवस्थाको गोपनियतालाई ख्याल राख्दै सवैकुरा सार्वजनिक नगरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा ग्रान्डी अस्पतालका निर्देशक चक्रराज पाण्डेले भने, ‘डायलाइसिस भनेको सामान्य हो, आत्तिहाल्नु पर्ने अवस्था होइन । तर, आम सर्वसाधारणले उठाएको प्रश्न पनि जायज छ ।  प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेका कतिपय कुराहरु गोपनियतालाई ख्याल गर्दै जानकारी दिन मिल्दैन ।’

उनले प्रधानमन्त्रीको २ पटक हेमोडायलाइसिस गरिएको जानकारी दिए । प्रधानमन्त्री ओलीको रगतमा भएको क्रियाटिनिन घटाउन हेमोडायलाइसिस गरिएको डाक्टर पाण्डेले जानकारी दिए पनि क्रियाटिनिनको मात्रा कति छ भन्ने बारे पनि केही खुलाउन चाहेनन् ।

१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएपछि अब सातामा दुई पटक डायलाइसिस गरिनुपर्ने अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पताल स्रोतका अनुसार प्रत्यारोपण सम्भव नहुँदासम्म हप्तामा दुइपटक डायलाइसिस गरिने छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न आजै अस्पताल पुगेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका थिए ।

उनका अनुसार प्रधानमन्त्रीको मिर्गौलाको हिजो र आज गरी दुई पटक डायलासिस गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली हिजो (बुधबार) बिहान ९ बजे ग्राण्डी अस्पताल पुगेका थि‍ए ।

अस्पतालको प्रेस नोट

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ५ : १८ बजे

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची– पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण

मानसिक स्वास्थ्यबारे देशव्यापी अभियान चलाइने

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक

कीर्तिपुरबाट खरिपाटी लगिएका सुकुम्वासी फकाउन मन्त्रीहरूको लर्को

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँका