रविन्द्र मिश्रको चुनावी बाचा : जनताले विश्वास गरे राम्रा बाहेक कुनै काम गर्दिन « Khabarhub

रविन्द्र मिश्रको चुनावी बाचा : जनताले विश्वास गरे राम्रा बाहेक कुनै काम गर्दिन


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले आफू इमानदारीपूर्वक देश र जनतालागि क्रियाशील हुने बताएका छन् । 

शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रमा घरदैलोका क्रममा मिश्रले देशमा धेरै नेताहरूले जनमतप्राप्त गर्न सफल भए पनि देशको अवस्था परिवर्तन हुन नसकेको भन्दै आफू इमानदारीपूर्वक देश र जनतालागि क्रियाशील हुने बताएका हुन् ।

आफूलाई जनताले विश्वास गरे राम्रा बाहेक अन्य कुनै काम नगर्ने उनले बताए  ।

मिश्रले अबको २०–३० वर्षपछिको नेपाललाई मनन गरेर देशको नीति निर्माण र कानुन बनाउन तथा देशभरिको महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूलाई संसदका माध्यमबाट उजागर गर्ने धारणा राखे ।

त्यस्तै उनले जनतालाई खानेपानी, बिजुली, ढल, डुवान लगाएतका समस्या पर्दा त्यसलाई समाधान गर्न आफू स्वयं उपस्थीत भएर समाधानको प्रयास गर्ने प्रतिवद्धता जनाए  ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १ : ३४ बजे

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले