रास्वपा कार्यकर्ताले झण्डा जलाएको घटनामा एमालेको कडा आपत्ति « Khabarhub

रास्वपा कार्यकर्ताले झण्डा जलाएको घटनामा एमालेको कडा आपत्ति


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

दाङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी दाङले तुलसीपुर बजार क्षेत्रमा बिहीबार सूर्य चिह्न अंकित झण्डा जलाउँदै भएको आपत्तिजनक नाराबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जिल्ला अध्यक्ष शिवकुमार आचार्यले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीसम्वद्ध व्यक्तिहरूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अशोभनीय नारा लगाउँदै पार्टीको झण्डा जलाएको बताएका छन् ।

एमालेले उक्त गतिविधिलाई लोकतान्त्रिक संस्कार, राजनीतिक शिष्टाचार र विधिको शासनमाथिको प्रहार भनेको छ।

आचार्यले अभिव्यक्ति स्वतन्त्रताको अधिकार अराजकता र विद्वेषपूर्ण आचरणका लागि प्रयोग गर्न नमिल्ने स्पष्ट पारेका छन्।

राजनीतिक असहमति विचार, बहस र जनमतमार्फत व्यक्त गर्नुपर्नेमा जोड दिँदै झण्डा जलाउने कार्यले असहिष्णुता र लोकतान्त्रिक मूल्यप्रतिको अनादर झल्काउने दाबी उनले गरेका छन् ।

एमालेले आफूलाई राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका पक्षमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको जनआधारित पार्टी भएको उल्लेख गरेको छ।

यसका साथै राष्ट्रिय स्वतन्त्र पार्टी लाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा प्रस्तुत हुन आग्रह गर्दै उग्र र उत्तेजनात्मक गतिविधिबाट टाढा रहन चेतावनी दिएको छ।

पार्टीले राष्ट्रिय अखण्डता, सार्वभौमिकता, शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिमाथि निगरानी बढाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ।

यस्ता घटनाबाट हिंसा र कानुन उल्लंघन बढ्न सक्ने भन्दै त्यसको जिम्मेवारी सम्बन्धित पक्ष र सरकारले लिनुपर्ने पनि जनाएको छ।

एमालेले आफ्ना नेता–कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई संयमित र दृढ रहँदै लोकतान्त्रिक मूल्य र विधिको शासनको पक्षमा उभिन अपिल गरेको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १२ : ५४ बजे

रेकर्ड यात्रा सकेर घर फर्किए आर्टेमिस टोली

ह्युस्टन– मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर

युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं– युट्युबर रोशन पोख्रेल पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा