कांग्रेसबाट आएका खनाललाई टिकट दिएपछि वडा सभापति हरिजनले छाडे रास्वपा « Khabarhub

कांग्रेसबाट आएका खनाललाई टिकट दिएपछि वडा सभापति हरिजनले छाडे रास्वपा


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३ का वडा सभापति जीतबहादुर हरिजनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन्।

हरिजनले राजीनामा पत्रमा विभिन्न कारणले जिम्मेवारी निर्वाह गर्न नसकेको जानकारी दिएका छन् । उनले पार्टीका जिल्ला समिति सभापतिलाई राजीनामा पत्र बुझाएका हुन् ।

उनी फागुन २१ को नवलपरासी क्षेत्र नम्बर १ बाट कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका बिक्रम खनाललाई उम्मेदवार बनाएपछि असन्तुष्ट थिए ।

कांग्रेसबाट आएलगत्तै खनाललाई टिकट दिएको कुरामा असन्तुष्टि जनाउँदै हरिजनले पार्टीबाट बिदा लिएका हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १ : ११ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा